TodayPati

सप्तरीमा आज देखि मुस्लिम समुदायको धार्मिक सम्मेलन सुरु

टुडेपाटी-
सप्तरी, फागुन ३ गते ।

प्रदेश नम्बर २ को सप्तरीमा आज देखि मुस्लिम समुदायको धार्मिक सम्मेलन इज्तिमा सप्तरीमा सुरु भएको छ । बोदेबरसाइन नगरपालिका वडा नम्बर ५ जाजरमा इस्लामिक सम्मेलन सुरु भएको हो ।

यस सम्मेलनमा २ लाख भन्दा बढी मुस्लिम समुदायको सहभागी रहने छन् भने इस्लामिक सम्मेलनमा नेपाल–भारतका विभिन्न प्रान्तबाट धर्म गुरुहरु सहभागी हुने आयोजकले जनाएका छन् । भारतबाट आएका धर्मगुरुहरुले समेत यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Sponsored

यस इस्लामिक सम्मेलनमा नेपाल र भारतबाट धर्मगुरु लगायतका सहभागिता रहने भएपछि नेपाल सरकारले सम्मेलन गर्न रोक लगाएको थियो । तर नेपाल र भारत बाहेकका मुलुकहरुबाट आएका धर्मगुरुहरुलाई फिर्ता पठाएपछि पूर्व निर्धा्रित योजनाअनुसार सम्मेलन हुन लागेको हो । तेश्रो मुलुकबाट नेपाल सरकारसँग विनाअनुमति नै इस्लामिक सम्मेलनमा सहभागी हुनका लागि ल्याएको थियो ।

इस्लामिक सम्मेलनमा सहभागी गराउनका लागि पाकिस्तान, बंगलादेश, साउदी अरेबिया, मलेसिया, दुबई र थाइल्यान्ड लगायत मुलुकबाट आएका धर्मगुरु लगायतका सहभागीहरुलाई शुक्रबार साँझ नै आयोजकले फिर्ता पठाएको थियो ।

इस्लामिक सम्मेलनमा सरिक हुन अहिलेसम्म एक लाख भन्दा बढी मुस्लिम समुदायहरुको उपस्थिती रहेको यो संख्या बढ्न सक्ने सप्तरीका प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिए । उनले यस सम्मेलनमा कुनै किसिमको समस्या उत्पन्न हुन नदिनका लागि र सुरक्षालाई ध्यानमा राखेर नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *