TodayPati

सीमामा भोककै कारण ज्यान गुमाएका विरेन्द्रको परिवारलाई प्रदेश सरकारले दिए ५ लाख

टुडेपाटी-
जनकपुरधाम, साउन १ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लकडाउनका कारण जटही नाकामा भोककै कारण नेपाल प्रवेश गर्न नपाएपछि ज्यान गुमाउने बिरेन्द्र गुरमैता यादवको परिवारलाई पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

धनुषाको शहिदनगर नगरपालिका- ९ गोठ कोयलपुरस्थित यादवको घर पुग्नु भएका मुख्यमन्त्री राउतले मृतकका श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो । उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवार प्रती समवेदना ब्यक्त गर्नु हुँदै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गरएको बताउनुभयो ।

Sponsored

उक्त अवसरमा प्रदेश सभासदस्य राम आशिष यादव, मुख्य न्यायधिवक्ता दीपेन्द्र झा सहितको उपस्थिति थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *