TodayPati

प्रदेश २ का थप एक पुरुषको कोरोनाबाट मृत्यु, मृतकको संख्या ४० पुग्यो

टुडेपाटी-

इटहरी, साउन २ गते ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

Sponsored

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार सप्तरीको राजविराजबाट आएका ७३ वर्षीय पुरुष बुधवार भर्ना भएका थिए।

उच्च रक्तचाप, मधुमेह, मुटुको बिरामीसमेत रहेका उनलाई अस्पताल ल्याइँदा नै खराब अवस्था थियो। अस्पताल आइपुग्दा उनको अवस्था गम्भीर भएकाले आकस्मिक कक्षाबाट उपचार थालिएको थियो। उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी तत्कालै थ्रोट स्वाब संकलन गरिएको उनले जानकारी दिए। बिहीवार पीसीआर विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो।

‘पहिलेदेखि नै एकदमै कमजोर स्वास्थ्य स्थितिको हुनुहुदो रहेछ,’ डाक्टर सापकोटाले भने, ‘त्यसैले हामीले उहाँलाई इमर्जेन्सी केयर र परीक्षणका लागि स्वाव संकलन गर्‍यौं। हिजो पोजेटिभ रिपोर्ट आयो त्यसपछि आइसोलेसनमा सिफ्ट गरेका थियौं।’

Sponsored

उनको हिजो राति १०:१५ बजे मृत्यु भएको हो।

अहिले स्पेसल व्यागमा प्याक गरेर उनको शवलाई सुरक्षित रुपमा राखिएको छ। नेपाली सेनाले उनको अन्त्यष्टिका बाँकी काम गर्नेछ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *