TodayPati

जनकपुरका दलित सुकुम्बासीको पक्षमा बोल्दा समाजसेवी माथि कुटपिट, प्रशासनले दर्ता गरेन उजुरी

टुडेपाटी-
जनकपुरधाम, साउन १० गते ।

दलित सकुम्बासीको पक्षमा ओकालत गरेको भन्दै जनकपुरमा एक समाजसेवी माथि अभद्र व्यवहार तथा कुटपिट भएको छ । दशकौंदेखि सडक छेउमा बस्दै आएका दलित तथा विपन्न सुकुम्बासीलाई कुनै व्यवस्थापन नगरी हटाउन खोजेको भन्दै उनीहरुको पक्षमा बोल्ने जनकपुरका समाजसेवी दिलीप साह कुटिएका हुन् ।

सडक विस्तारको नाममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित धर्मवान टोलमा सडक छेउमै दशकौं देखि बस्दै आएका दलितहरुलाई विना व्यवस्थापन उठिबास गर्ने जनकपुरधाम उपमहानगरपालिकाले उर्दी जारी गरेको हो । लामो लकडाउनमा उनीहरुलाई खाना खुवाएका साहले बस्तीलाई के आधारमा हटाउने भनेर प्रश्न गरेपछि स्थानिय लव अधिकारी, लक्षमेश्वर यादव, ओम यादव, शंकर सिंह सहितका व्यक्तीहरु साहलाई तथानाम गाली, बेज्जती र कुटपिट गरेको दुखेसो पोखे ।
शनिबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै पीडित साहले कुटपिट तथा दुव्र्यवहारको भिडियो समेत प्रमाण हुँदा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र जिल्ला प्रहरीले समान्य घटना भएको भन्दै उजुरी दर्ता गर्न नमानेको गुनासो गरे ।
‘दिलिप महाजनको घर पनि हाम्रो लाइनमै छ । वहाँले दलितहरुको होइन मेरै घरवाट सुरुदेखि नै घर हटाउन सुरु गर्नोस् र हटाउने कारण के हो सवैलाई बताउनोस् भन्दा धमाधम लखेटी लखेटी कुटे ’प्रत्यक्षदर्शी स्थानिय जिवन सदाले भने । अन्य प्रत्यक्षदर्शी दलितहरुले समेत साह उपर अन्याय भएको भन्दै न्यायको मांग गरेका छन् । यस्तो समयमा नबोले कसैले कसैको लागि नबोल्ने उनीहरुको भनाई छ ।

Sponsored

साहको पक्षमा रहेका दलित विपन्नहरुले साहलाई न्याय नदिए आफुहरु चुप भएर नबस्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा उपस्थित सवैले एक स्वरमा न्यायको मांग गरेका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित समाजसेवी तथा युवा अभियन्ता सरोज रायले गरिब सुकुम्बासीको पक्षमा बोल्ने समाजसेवीमाथि भएको कुटपिट घट्नाप्रति खेद प्रकट गरे । उनले घटनामा संलग्न दोषीहरुमाथि कडा कारबाही हुनु पर्ने माग गरे ।
पत्रकार सम्मेलनमा जसपाका युवा नेता तथा व्यवासयी जानी खान लगायत सुकुम्बासी बस्तीका महिलाहरुको सहभागिता थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *