TodayPati

कोरोना रोक्न सीमानाकामा थप कडाई गर्न प्रदेश २ सरकारको निर्देशन

टुडेपाटी-
जनकपुरधाम, साउन ११ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

आइतबार सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाकाबाट लुकीछिपी आउनेहरु रहेको उल्लेख गर्दै तीनवटै सुरक्षा निकायलाई सीमा नाकामा थप कडाई गर्न निर्देशन दिनु भएको हो ।
बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना संक्रमितहरु देखिन थाले पनि यसबाट जोगिन अपनाउनु पर्ने उपायहरु बारे विज्ञहरु संग सुझाव समेत लिनु भएको छ । कोरोना नियन्त्रणको लागि प्रदेश सरकारबाट भए गरेको कामकाजको प्रगति बारे जानकारी लिनु हुँदै मुख्यमन्त्री राउतले रोकथाम , नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनु भएको छ ।

Sponsored

बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव अर्जुन प्रसाद पोखरेल सहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *