TodayPati

क्रिकेट खेलाडी कुन्दनलाई बचाउन युवाहरुले चन्दा संकलन गरी दिए ६ लाख ६१ हजार

टुडेपाटी-
जनकपुरधाम, साउन १८ गते ।

दुबै मृगौला फेल भएका राष्ट्रिय स्तरका क्रिकेट खेलाडी कुन्दन सिंहलाई उपचारका लागि जनकपुरधामका युवाहरुले साढे ६ लाख बढी रुपैयाँ चन्दासंकलन गरी सहयोग गरेका छन् । महोत्तरी फुलहट्टाका २५ वर्षीय सिंहको बचाउको लागि अभियान चलाएका जनकपुरका युवाहरुले ६ दिनमा ६ लाख ६१ हजार ८ सय ९६ रुपैयाँ चन्दा संकलन गरेका छन् ।

जनकपुरधाम र काठमाण्डौका १ सय ४ जनाबाट प्राप्त भएको ६ लाख ३८ हजार ६ सय ९६ नगद र ई–सेवा तथा बैंक मार्फत प्राप्त भएको २३ हजार २ सय गरि जम्मा ६ लाख ६१ हजार ८ सय ९६ रुपैयाँ उपचारका लागि कुन्दनलाई आइतबार हस्तान्तरण गरिएको छ ।

Sponsored

आर्थिक अवस्था कमजोर भएका कारण खेलाडी सिंहलाई उपचारमा समस्या भएपछि जिल्ला क्रिकेट संघ धनुषाले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि अपिल गरेको थियो ।
सरकारले खेलाडीको उपचारको लागि आर्थिक सहयोग तथा कुनै पनि प्रकारको पहलकदमी नलिएपछि आफुहरुले अभियान चलाएर अर्थिक संकलन गरेको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डे बताए ।

शोभाकान्तले भने,‘प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री महोत्तरीकै छन् । नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह पनि महोत्तरीकै हुन् । प्रदेश नम्बर २ का मुख्यन्यायाधिवक्ता पनि महोत्तरीकै छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव आफै पनि भलिवलको राष्ट्रीय खेलाडी रहिसकेका छन् । तरपनि कुन्दनलाई बचाउन कसैले कुनै चासो नलिएपछि हामी आर्थिक संकलन अभियानमा जुट्यौं ।’

कुन्दनले आफ्नो उपचारको लागि युवाहरुले आर्थिक संकलन गरी देखाएको अग्रसरताले आफु बाँच्न सक्ने आशा पलाएको बताए ।

Sponsored

संघ धनुषाका उपाध्यक्ष पाण्डे, नेपाल इन्जिनियर्स एसोसिएशन प्रदेश २ का सह–सचिव भवेश मिश्र, युवाहरु अनुष पाण्डेय, हरिशंकर साह, प्रेमचन्द्र राय, संजय लामा र आकाश पाण्डेयको नेतृत्वमा कुन्दन सिंह बचाउ अभियानको शुरुवात गरिएको थियो ।

रकम हस्तान्नतरण कार्यक्रममा मैथिली विकास कोष जनकपुरका अध्यक्ष जीवनाथ चौधरीको समेत उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *