प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
मुख्य-1 राष्ट्रिय

स्वामी दिव्यानन्द महाराजलाई जनकपुरमा भव्य स्वागत एवं अभिनन्दन

टुडेपाटी समाचारदाता–जनकपुरधाम,असोज ३० गते । भारतका प्रसिद्ध जगन्नाथ मन्दिर सिहंद्वारका परम पूज्य स्वामी श्री दिव्यानन्द जी महाराज सहितका टोलीलाई जानकी मन्दिरले भव्य कार्यक्रमका बीच स्वागत एवं अभिनन्दन गरेको छ । जगन्नाथ मन्दिर–जानकी मन्दिर–पशुपतिनाथ मन्दिरको मैत्री यात्रामा रहेका स्वामी दिव्यानन्द महाराजलाई प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले भव्य कार्यक्रमका बीचमा अभिनन्दन गरेका छन् । सम्मान […]

मुख्य-2 राष्ट्रिय

३९ औं विश्व खाद्य दिवसको अवसरमा छात्र छात्रा र किसानहरु सम्मानित

टुडेपाटी समाचारदाता–जनकपुरधाम, असोज ३० गते । ३९ औं विश्व खाद्य दिवसको अवसरमा प्रदेश नंं २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगितामा विजयी भएका छात्र छात्राहरुलाई विहिवार पुरस्कृत गरिएको छ । हाम्रो पहलः स्वास्थ्य आहार भोकमरि मुक्त संसार शिर्षकमा भएको कक्षा १० स्तरीय वक्तृत्व कला प्रतियोगितामा धनुषाको बासुदेश […]

मुख्य-1 राजनीति

जनकपुरमा राजपाले गृहमन्त्री र नागरिक उड्डयनमन्त्रीको पुतला जलायो

टुडेपाटी समाचारदाता जनकपुरधाम, असोज ३० गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनकपुरमा संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला जलाएको छ । सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपाले सरकार, प्रहरी प्रशासन र बुद्ध एयर विरुद्ध नारावाजी गर्दै मन्त्रीद्धयको पुतला दहन गरेको हो । जनकपुर विमानस्थलस्थित […]

मुख्य-2 समाज

सिरहामा ब्राउन सुगरसहित २ युवक प्रहरी फन्दामा

टुडेपाटी समाचारदाता-सिरहा, असोज ३० गते । सिरहामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका ५ बस्ने २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतो रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोलबजार खटेको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका ५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो […]

मुख्य-2 समाज

धनुषामा विद्यालयको पर्खाल भत्किँदा एक विद्यार्थीको ज्यान गयो

टुडेपाटी समाचारदाता-जनकपुरधाम, असोज ३० गते । धनुषामा विद्यालय भवनको पर्खाल भत्किँदा च्यापिएर एक विद्यार्थीको ज्यान गएको छ । धनुषाको ज जनकनन्दी गाउँपालिका ४ मा स्थानीय केएसएसबी उच्च मावि, खजुरीको वालविकास कक्षाको जीर्ण भवनको पर्खाल भत्किँदा च्यापिएर ७ वर्षीय सँसना सदाको ज्यान गएको हो । जनकनन्दी गाउँपालिका ४ बस्ने राजकुमार सदाकी छोरी सँसनाको शरीरमाथि नै पर्खाल […]

मुख्य-2 राष्ट्रिय

महोत्तरीमा १३ हजार घुस सहित असइ पक्राउ

टुडेपाटी समाचारदाता-जनकपुरधाम, असोज ३० गते ।महोत्तरीमा घुस सहित प्रहरी सहायक निरिक्षक (असइ) पक्राउ परेका छन् । कठुधार प्रहरीचौकीका इन्चार्ज बृजेश कुमार चौधरीलाई १३ हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । भारतीय बजारबाट ल्याएको समान सिमाक्षेत्रमा पास गराइदिने भन्दै व्यापरिसँग १३ हजार रुपैँया मागेको उजुरीको आधारमा बर्दिबासस्थित आयोगबाट खटिएको […]

मुख्य-2 समाज

सप्तरीमा सिसिटिभी फुटेजको सहयोगमा चोर पक्राउ

टुडेपाटी समाचारदाता-सप्तरी, असोज ३० गते । सप्तरीमा घरमा जडान गरिएको सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले चोरलाई समानसहित पक्राउ गरेको छ । प्रहरीले चोरी भएको चार दिनपछि गत असोज २५ गते बिहान करिब ३ बजेतिर सदरमुकाम राजविराज ८ मा भएको चोरीमा संलग्न १६ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ गरिएका किशोरको […]

मुख्य-2 राजनीति

सांसद साहलाई पक्राउ गरेको विरोधमा राजपाद्वारा आज सार्लाही बन्द

टुडेपाटी समाचारदाता- जनकपुरधाम, असोज ३० गते । जनकपुर विमान स्थलमा तोडफोड गरको आरोपमा पक्राउ परेका राजपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई रिहाइको माग गर्दै बिहीबार सर्लाही बन्द गरिएको छ । राजपा नेपालले बिहीबार आह्वान गरेको बन्दको कारण जनजीवन प्रभावित बनेको हो । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने निजि तथा […]

मुख्य-2 समाज

साना किसान सहकारी संस्था हरिणमरीको साधारणसभा सम्पन्न, पत्रकार मिश्र सम्मानित

टुडेपाटी समाचारदाता- महोत्तरी, असोज ३० गते । महोत्तरीको भंगहा नगरपालिका ९ हरिहरपुर हरिणमरी स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको आठौं साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महावीरशरण यादवको अध्यक्षता तथा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहको प्रमुख आतिथ्यमा साधारणसभाको उदघाटन सत्र सम्पन्न भएको हो । उक्त संस्थाकी […]

मुख्य-2 समाज

धनुषामा माटो खन्ने क्रममा एक बालिकाको मृत्यु, दुइ महिला घाइते

टुडेपाटी समाचारदाता- जनकपुरधाम, असोज २९ गते । माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर धनुषामा एक बालिकाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–५ स्थित नौसयविघामा माटो खन्न गएकी वडा नम्बर २ बस्ने १३ वर्षीया अञ्जली कुमारी यादवको मृत्यु भएको हो । घटनामा दुइजना महिला घाइते भएकी छन् । पुरिएर गम्भीर घाइते भएकी अञ्जलीलाई उपचारकालागि जनकपुर अञ्चल अस्पतालमा […]