उहाँ टुडेपाटीका जनकपुर प्रतिनिधिको साथै डेस्कमा बसेर समेत समाचार सम्पादनको काम गर्नुहुन्छ ।
मुख्य-1 राष्ट्रिय

मन्त्री सोनलको गाडी जानकी मन्दिरको मुख्यद्वार नै छेके

दिपक कर्ण/प्रमोद साह जनकपुरधाम,असोज २१ गते । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जानकी मन्दिरको प्रवेशद्वारलाई छेकेर आफ्नो गाडी पार्किङ्ग गरेको देखिएको छ । मन्त्री सोनलले आज विश्वप्रसिद्ध जानकी मन्दिरको प्रवेशद्धार नै बन्द गरेर आफुले प्रयोग गर्ने सरकारी सवारीसाधनलाई पार्किङ्ग गरेर राखेको तस्वीर हामिले तानेका छौँ । विश्वभरीका हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र […]

मुख्य-1 समाज

राजदेवीमा यस बर्ष १४ हजार भन्दा बढी बलीप्रदान

दिपक कर्ण–जनकपुरधाम,असोज २० गते । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यस बर्ष १४ हजार ६ सय ३३ बोकाको बलीप्रदान गरिएको छ । आइतबार राति ८ बजेबाट सुरु भएको बलिप्रदानको कार्यक्रम सोमबार बिहान ३ बजेर ३३ मिनेटसम्म चलेको पूजा मूल आयोजक महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले बताए । गत बर्ष मन्दिरमा १४ हजार ९ सय […]

मुख्य-1 समाज

जनकपुरको राजदेवी मन्दिरमा प्रसाद चढाउनेको भीड, १६ हजार बोकाबली प्रदान गर्ने

दीपक कर्ण- जनकपुरधाम, असोज १९ गते । वडादशैँ अन्तर्गत आज महाअष्ठमीका अवसरमा जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालुहरु लाममा रहेका छन् । राजदेवी मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम सुरू भएको हो । पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहका अनुसार मध्याह्न ४ बजेसम्म प्रसाद चढाउने […]

मुख्य-2 समाज

चाडपर्व लक्षित गरी धनुषाको सुरक्षा व्यवस्था कडा, जनकपुर भित्र व्यापक प्रहरी परिचालन

दीपक कर्ण– जनकपुरधाम, असोज ९ गते । दशैं,तिहार जस्ता चाडपर्वलाई लक्षित गरी धनुषा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दशैं, तिहारलगायतका चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको हो । चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई जिल्लाको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू […]

ब्रेकिङ्ग राजनीति

संघीयताको अनुभूति गर्न सकेन जनता, प्रदेश २ सरकार केन्द्रसंग असन्तुष्ट

दिपक कर्ण– जनकपुरधाम,असोज ५ गते । नेपालमा लामो संघर्षपछि आएको संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको अनुभुती गर्न नपाउदैँ प्रदेश सरकार अहिलेपनि आफ्नो असन्तुष्टि जनाउदैँ आएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भईरहँदा सत्तारुढ दलहरु अझैपनि आफ्नो असन्तुष्टि जनाउदैँ आएको छ । स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकारले संघीय ढाँचाको प्रतिनिधित्व गरिरहेका छन् । […]

ब्रेकिङ्ग राष्ट्रिय

विभेद रहुञ्जेलसम्म आन्दोलन जारी रहने : ठाकुर

दिपक कर्ण–जनकपुरधाम,असोज ०३ गते । आज असोज ३ अर्थात नेपालको संविधान घोषणा भएको दिन देशभरी संविधान दिवस मनाईरहेको बेला प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा भने राष्ट्रिय जनता पार्टी नेपालले कालो झण्डा सहित विरोध प्रदर्शन गरेको छ । शुक्रबार जनकपुरमा राजपा नेपाल धनुषाको अगुवाईमा नगरको परिक्रमा गर्दै संविधानको विरोध र रेशम चौधरीलाई रिहाई गर भन्दै […]

ब्रेकिङ्ग राष्ट्रिय

बैंकको किस्ता तिर्न नसक्दा जनकपुरका एक विपन्नको घरमा ताला, परिवार भोकभोकै सडकमा

दीपक कर्ण- जनकपुरधाम, भदौ २० गते । बैंकबाट लिएको ऋण तिर्न नसक्दा एक विपन्नको घरमा ताल्चा लगाएपछि परिवार नै बिचल्लीमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका बजरंगी पासवानले ऋणको किस्ता तिर्न नसक्दा उनको घरमा छिमेकी बिकास बैंकले ताल्चा लगाएको हो । बैंकका कर्मचारी र महिला समूहले घरमा ताला लगाएर घर निकाला गरेको पीडितले गुनासो गरेका […]

ब्रेकिङ्ग राजनीति राष्ट्रिय

यी कुष्ठरोगीहरुको पीडा कसले सुन्ने ?

दिपक कर्ण– जनकपुरधाम,भदौ १६ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित कुष्ठरोगीहरुको संस्था मिथिला कल्याण आश्रमका १२ घरपरिवारका कुल ५० जना कुष्ठरोगीहरुको दैनिकी कष्टकर बनेको छ । त्यहाँ वस्ने कुष्ठरोगीहरु कोहि भिख मागेर गुजारा गर्दै आएका छन् भने कोहि कवाडी संकलन गरि जिवनयापन गर्दै आएका छन् । दैनिक गुजारा चलाउनका लागि भिख माग्नुको विकल्प […]

ब्रेकिङ्ग राष्ट्रिय

जनकपुरमा बिरामी ओसार्ने एम्बुलेन्समा पनि चलखेल

दीपक कर्ण–जनकपुरधाम,भदौ १४ गते । अति आबश्यक सेवा दिने सवारी साधनको रुपमा रहेका कारण एम्बुलेन्स खरिदमा सरकारले राजश्व छुट दिएको छ । यसलाई बेच्न र ठेक्कामा लगाउन पाइँदैन । तर, जनकपुरमा एम्बुलेन्स बेच्ने र ठेक्कामा दिने प्रबृति मौलाउँदै गएपनि सम्बन्धीत निकायले अहिले सम्म कारबाहि त परै जाओस,चासो समेत देखाएको छैन् । जनकपुरमा एम्बुलेन्स ल्याउने र […]

मुख्य-2 समाज

हंसपुर नगरपालिकाको विवाद अझै सुल्झिएन, समितिको निष्कर्षमा उपमेयरको असहमति

दीपक कर्ण- जनकपुरधाम, भदौ ५ गते । धनुषाको हँसपुर नगरपालिकाको विवाद समाधान गर्न गठित समितिले निष्कर्ष निकालेको छ । नगरपालिकाको कार्यालय नगरप्रमुख रउपप्रमुखले छुट्टाछट्टै ठाउँमा राख्न खोज्दा भएको विवाद साम्य गर्न जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवको संयोजकत्वमा गठित अनुगमन समितिले कार्यालय हँसपुरमा राख्न निष्कर्ष निकालेको छ । बिहीवार पत्रकार सम्मेलन आयोजना गरी गत […]