मुख्य-1 राष्ट्रिय

स्वामी दिव्यानन्द महाराजलाई जनकपुरमा भव्य स्वागत एवं अभिनन्दन

टुडेपाटी समाचारदाता–जनकपुरधाम,असोज ३० गते । भारतका प्रसिद्ध जगन्नाथ मन्दिर सिहंद्वारका परम पूज्य स्वामी श्री दिव्यानन्द जी महाराज सहितका टोलीलाई जानकी मन्दिरले भव्य कार्यक्रमका बीच स्वागत एवं अभिनन्दन गरेको छ । जगन्नाथ मन्दिर–जानकी मन्दिर–पशुपतिनाथ मन्दिरको मैत्री यात्रामा रहेका स्वामी दिव्यानन्द महाराजलाई प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले भव्य कार्यक्रमका बीचमा अभिनन्दन गरेका छन् । सम्मान […]

मुख्य-1 राजनीति

जनकपुरमा राजपाले गृहमन्त्री र नागरिक उड्डयनमन्त्रीको पुतला जलायो

टुडेपाटी समाचारदाता जनकपुरधाम, असोज ३० गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनकपुरमा संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला जलाएको छ । सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपाले सरकार, प्रहरी प्रशासन र बुद्ध एयर विरुद्ध नारावाजी गर्दै मन्त्रीद्धयको पुतला दहन गरेको हो । जनकपुर विमानस्थलस्थित […]

मुख्य-1 राष्ट्रिय

एनआरएनएको ठगी धन्धा : जानकी मन्दिर अब झिलिमिली नहुने

रोहित महतोजनकपुरधाम, असोज ३० गते । जानकी मन्दिरलाई विद्युतीकरणमार्फत सौन्दर्यीकरण गरिने योजना अलपत्र परेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को करिब ५ करोड लगानीमा जानकी मन्दिर झकिझकाउ बनाउने सम्झौता भएको १५ महिना बितिसक्दासमेत योजना सञ्‍चालन हुन सकेको छैन। २०७५ असार २५ मा विवाहपञ्‍चमीकै दिन विद्युतीय सौन्दर्यीकरण उद्घाटन गर्ने एनआरएनएले प्रतिबद्धता जनाएको थियो। तर, एनआरएनएका पदाधिकारीबीच […]

मुख्य-1 राष्ट्रिय

जनकपुर श्रम कार्यालयमा अनुगमन, सबैलाई पायक पर्ने ठाउँमा कार्यालय सार्न सीडीओको निर्देशन

शैलेन्द्र क्रान्ति – जनकपुरधाम, असोज २९ गते । सेवाग्राहीको बढी भीडभाड हुने जनकपुर स्थित श्रम तथा रोजगार कार्यालयमा जिल्ला प्रशासन कार्यालय धनुषाले अनुगमन गरेको छ । सेवाग्राहीको भीडभाडको फाइदा उठाउँदै बिचौलियाको सेटिंगमा काम गर्ने गरेको र सेवाग्राहीलाई सास्ती भएको व्यापक जनगुनासोपछि प्रशासन कार्यालयले बुधबार श्रम कार्यालमा अनुगमन गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको […]

मुख्य-1 राष्ट्रिय

चाडपर्वको समयलाई दृष्टिगत गर्दै बन्द हडताल नगर्न उद्योग वाणिज्य संघको आग्रह

टुडेपाटी समाचारदाता–जनकपुरधाम,असोज २९ गते । जनकपुरधाम उद्योग वाणिज्य संघले चाडपर्वको समयलाई दृष्टिगत गर्दै बन्द हडताल नगर्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । संघका कार्यवाहक अध्यक्ष जितेन्द्र प्रसाद साह र महासचिव जितेन्द्र महासेठले बुधबार एक विज्ञप्ती जारी गर्दै उद्योग तथा व्यवसाय सङ्कटमा रहेकाले हालको अवस्थामा हुने बन्द हडतालले उद्योग तथा व्यवसायमा नराम्रो असर पर्ने बताउँदै चाडपर्वको […]

मुख्य-1 समाज

जनकपुरबाट सहयोगी बैंकका सञ्चालक दिपेन्द्र पक्राउ

सुमित मिश्र-जनकपुरधाम, असोज २९ गते । सहयोगी बिकास बैंकका संचालक समितिका सदस्य दिपेन्द्र यादव (दिपु) पक्राउ परेका छन् ।सहयोगी विकास बैंकका सञ्चालक समितिका सदस्य यादवले राखेको धितो जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा पक्राउ परेका छन् । एकजना सेवाग्राहीले संचालक समितिका सदस्य यादवकहाँ धितोको रुपमा जग्गा राखेको थियो । सो जग्गा दिलाइदिनका लागि […]

मुख्य-1 राष्ट्रिय

सूचना माग्न जाँदा जनकपुरका मेयरकै अगाडि भएको कुटपिट घटना छानविन गर्न आयोगको पत्र

शैलेन्द्र क्रान्ति- जनकपुरधाम, असोज २८ गते । सूचना माग्न जाँदा जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा मेयरकै अगाडी वडाध्यक्षबाट नागरिक कुटिएको घटना छानविन गर्न राष्ट्रिय सूचना आयोगले जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्राचार गरेको छ । मंगलबार आयोगले धनुषाका प्रमुख जिल्ला अधिकारीको नाममा पत्र पठाउँदै घटनालाई छानविन गरी दोषीमाथि कानुन बमोजिम कार्वाही र माग गरे बमोजिमको सूचना उपलब्ध गराइदिन […]

मुख्य-1 राष्ट्रिय

मान्छेलाई जिउँदै जलाउने अभियोगमा पक्राउ परेका आलममाथि ७ दिन म्याद थप

टुडेपाटी समाचारदाता रौतहट, असोज २८ गते । २१ जनाको ज्यान जानेगरी भएको बम काण्डमा आरोपमा पक्राउ परेका निलम्बित सांसद अफ्ताव आलममाथि अनुसन्धान गर्न ७ दिन म्याद थपेको छ । नेपाली काँग्रेसका निलम्बित सांसद आलममाथि जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले सात दिनको म्याद थप गरेको हो । आलमलाई हत्या आरोपमा गत […]

मुख्य-1 राष्ट्रिय

सांसद साहले जनकपुर एयरपोर्टमा गरे तोडफोड

टुडेपाटी समाचारदाता– जनकपुरधाम,असोज २८ गते । राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम एयरपोर्टमा तोडफोड गरेका छन । फ्लाईट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वा्चित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्टमा तोडफोड गरेका छन् । सांसद साहले बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआएको र जहाजमा एकजना […]

मुख्य-1 राष्ट्रिय

सप्तरीमा वडासदस्यको निधन भएको शोकमा पुरै नगरपालिका बन्द

टुडेपाटी समाचारदाता-सप्तरी, असोज २७ गते । सप्तरीमा एक वडासदस्यको निधन भएको शोकमा पुरै नगरपालिका बन्द गरिएको छ । सप्तरीको राजविराज नगरपालिका १२ का वडासदस्य शिवनारायण यादवको निधन भएको शोकमा राजविराज नगरपालिका पुरै बन्द गरिएको हो । सोमबार एक दिनका लागि राजविराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय बन्द गरिएको राजविराज नगरपालिका मेयर शम्भुप्रसाद […]