मुख्य-2 समाज

सिरहामा ब्राउन सुगरसहित २ युवक प्रहरी फन्दामा

टुडेपाटी समाचारदाता-सिरहा, असोज ३० गते । सिरहामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका ५ बस्ने २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतो रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोलबजार खटेको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका ५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो […]

मुख्य-2 समाज

धनुषामा विद्यालयको पर्खाल भत्किँदा एक विद्यार्थीको ज्यान गयो

टुडेपाटी समाचारदाता-जनकपुरधाम, असोज ३० गते । धनुषामा विद्यालय भवनको पर्खाल भत्किँदा च्यापिएर एक विद्यार्थीको ज्यान गएको छ । धनुषाको ज जनकनन्दी गाउँपालिका ४ मा स्थानीय केएसएसबी उच्च मावि, खजुरीको वालविकास कक्षाको जीर्ण भवनको पर्खाल भत्किँदा च्यापिएर ७ वर्षीय सँसना सदाको ज्यान गएको हो । जनकनन्दी गाउँपालिका ४ बस्ने राजकुमार सदाकी छोरी सँसनाको शरीरमाथि नै पर्खाल […]

मुख्य-2 समाज

सप्तरीमा सिसिटिभी फुटेजको सहयोगमा चोर पक्राउ

टुडेपाटी समाचारदाता-सप्तरी, असोज ३० गते । सप्तरीमा घरमा जडान गरिएको सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले चोरलाई समानसहित पक्राउ गरेको छ । प्रहरीले चोरी भएको चार दिनपछि गत असोज २५ गते बिहान करिब ३ बजेतिर सदरमुकाम राजविराज ८ मा भएको चोरीमा संलग्न १६ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ गरिएका किशोरको […]

मुख्य-2 समाज

साना किसान सहकारी संस्था हरिणमरीको साधारणसभा सम्पन्न, पत्रकार मिश्र सम्मानित

टुडेपाटी समाचारदाता- महोत्तरी, असोज ३० गते । महोत्तरीको भंगहा नगरपालिका ९ हरिहरपुर हरिणमरी स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको आठौं साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महावीरशरण यादवको अध्यक्षता तथा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहको प्रमुख आतिथ्यमा साधारणसभाको उदघाटन सत्र सम्पन्न भएको हो । उक्त संस्थाकी […]

मुख्य-2 समाज

धनुषामा माटो खन्ने क्रममा एक बालिकाको मृत्यु, दुइ महिला घाइते

टुडेपाटी समाचारदाता- जनकपुरधाम, असोज २९ गते । माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर धनुषामा एक बालिकाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–५ स्थित नौसयविघामा माटो खन्न गएकी वडा नम्बर २ बस्ने १३ वर्षीया अञ्जली कुमारी यादवको मृत्यु भएको हो । घटनामा दुइजना महिला घाइते भएकी छन् । पुरिएर गम्भीर घाइते भएकी अञ्जलीलाई उपचारकालागि जनकपुर अञ्चल अस्पतालमा […]

मुख्य-1 समाज

जनकपुरबाट सहयोगी बैंकका सञ्चालक दिपेन्द्र पक्राउ

सुमित मिश्र-जनकपुरधाम, असोज २९ गते । सहयोगी बिकास बैंकका संचालक समितिका सदस्य दिपेन्द्र यादव (दिपु) पक्राउ परेका छन् ।सहयोगी विकास बैंकका सञ्चालक समितिका सदस्य यादवले राखेको धितो जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा पक्राउ परेका छन् । एकजना सेवाग्राहीले संचालक समितिका सदस्य यादवकहाँ धितोको रुपमा जग्गा राखेको थियो । सो जग्गा दिलाइदिनका लागि […]

मुख्य-2 समाज

सर्लाहीमा आगलागी हुँदा लाखौँको क्षति

टुडेपाटी समाचारदाता-सर्लाही, असोज २९ गते । सर्लाहीमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका १ शङ्करगञ्जमा खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको हो । मङ्गलबार साँझ ७ बजे खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको दुईतले काठको घरमा आगलागी हुँदा लाखौँको सरसामान […]

मुख्य-2 समाज

विपद व्यवस्थापन गर्न १० वर्षे रणनीतिक कार्ययोजना : राज्यमन्त्री कुशवाहा

टुडेपाटी समाचारदाता सप्तरी, असोज २८ गते । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले प्रदेश सरकार विपद व्यवस्थापनका लागि १० वर्षे रणनीतिक कार्य योजना बनाउन लगोको बताएका छन् । सप्तरी विपद व्यवस्थापन समितिले राजविराजमा आयोजना गरेको विपद व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै राज्यमन्त्री कुशवाहाले विपद भन्द एक कदम […]

मुख्य-2 समाज

सिरहामा व्यवस्थापन समितिका अध्यक्षले दिए पत्रकारलाई कारबाही गर्ने धम्की

टुडेपाटी समाचारदाता-सिरहा, असोज २८ गते । सिरहाका एका सामुदायिक विद्यालयमा तालाबन्दी गरेपछि पत्रकारलाई धम्की दिएका छन् । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ पोर्ताहा माविको प्रशासनमा असन्तुष्ट विद्यालय व्यवस्थापन समिति सदस्यलगायत स्थानीय अभिभावकले मंगलबार दिउँसो तालाबन्दी गरेपछि पत्रकारलाई धम्की दिएका हुन् । विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कीर्ते गरी लेखापाल नियुक्त गरिएको भन्दै बिरोध स्वरुप तालाबन्दी गरेको […]

मुख्य-2 समाज

आफ्नै जग्गा भोगचलन गर्न अदालत धाउदै

जनकपुरधाम, असोज २८ गते । महोत्तरीको मनरा घर भएका दिपककुमार सिंह र उनका भाई अभिषेक सिंहको जनकपुरधाम उपमहानगरपालिका ८ स्थित किता नम्बर ८४ र ४७ को ३ कट्ठा १८ धुर जग्गा छ। तर त्यो जग्गा सिंह दाजुभाइले भोगचलन गर्न पाएका छैनन्। करोडौंको उक्त जग्गा भोगचलनका लागि उपमहानगरपालिकादेखि अदालतसम्म उनीहरू धाइरहेका छन्। पीडित दिपकले पत्रकार सम्मेलन […]