TodayPati

अयोध्यामा मोदीले गरे राम मन्दिरको शिलान्यास

एजेन्सी-
जनकपुरधाम, साउन २१ गते ।

भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समयअनुसार १२ बजेर ४४ मिनेट जाँदा राममन्दिरको आधारशीला स्थापित गरेका हुन् ।

सो अवसरमा उपस्थित मानिसहरुहरुले ताली बजाएर खुसियाली मनाएका थिए । त्यहाँ उपस्थित साधु सन्तले रामको भजन गाएका थिए ।

Sponsored

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले यस भूमि पूजन कार्यक्रमको आयोजना गरेको हो । अयोध्या जमीन विवादमा सुप्रीम कोर्टले फैसला दिएपछि केन्द्र सरकारले यो ट्रस्ट बनाएको थियो ।
प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक अयोध्या पुगेका हुन् । २९ वर्षमा प्रधानमन्त्री आयोध्या पुगेको यो पहिलोपटक हो ।

भूमिपूजनको अवसरमा ट्वीट गर्दै लेखेका छन्, ‘राम प्रेम हुन् । उनी कहिलेपनि घृणामा प्रकट हुन सक्दैनन् ।’

‘मर्यादा पुरुषोत्तम भगवान राम सर्वोत्तम मानवीय गुणका स्वरुप हुन् । उनी हाम्रो मनको गहिराइमा बसेको मानवताको मूल भावना हुन्,’ उनले लेखेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *