मनोरंजन मुख्य-2

गायक रन लामाको अर्को ‘दुइ चार फन्कोे’ गीत बजारमा ( भिडियो सहित)

टुडेपाटी समाचारदाता-
जनकपुरधाम, फागुन २५ गते ।

गायक रन लामाको आवाजमा रहेको ‘दुइ चार फन्कोे’ बोलको गीत सार्वजनिक भएको छ । आँचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियोमा आँचलसंगै द भाइव क्रु को मज्जाको आकर्षक नृत्य छ ।
रबि मल्लको शब्द कल्याण सिहंको संगीत रेहेको गीतमा मानशी किरणको एरेन्ज छ । भिडियोलाई इजेकेलले निर्देशन गरेका छन् भने कमल प्रसाइले भिडियोमा ड्रोन चलाएका छन् । निर्देशक इजेकेलले नै क्यामरा क्यामेरा सम्हालेको यो म्युजिकल भिडियो रोशन गुरुङले सम्पादन गरेका छन् ।
गायक रन लामा संगीतको अध्ययन पछि यो गीत लिएर बजारमा आएका छन् । यो गीतबाट निकै आशा रहेको लमा बताउँछन् । अडियो र भिडियो निर्माण गर्न कुनै कसर बाकी नराखेको भन्दै उनले म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाउँनेमा बिश्वस्त रहेको बताए । धनुषाको बटेश्वर गाउँपालिका २ का स्थायी बासिन्दा समेत रहेका गायक रन लामा काठमाडौंमा निरन्तर सांगितिक एलबमहरु निकाल्दै आएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *