TodayPati

रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु, दुईजना घाइते

टुडेपाटी-

रौतहट, असोज १४ गते ।

रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ६ का २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको हो । मंगलबार दिउसो घाँस लिन जंगल गएको र अबेरसम्म फर्केर नआएपछि उनको खोजीका लागि बुधबार बिहानैबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । 

Sponsored

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले भण्डारीको शव चन्द्रपुर ४ को जंगलमा शरीरको तल्लो भाग आधा खाएको अवस्थामा फेला परेको बताए । 

मंगलबार साँझ उनलाई खोज्न जाँदा बाघको आक्रमणमा परेर चन्द्रपुर ६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षीय प्रबिण श्रेष्ठ घाइते भएका थिए । घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको डीएसपी शाहीले जानकारी दिए । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *