मनोरंजन मुख्य-2

शहिद कप टी–२० क्रिकेट खेलमा काठमाडौंलाई पराजित गर्दै जनकपुर विजयी

जनकपुरधाम, चैत १२ गते ।
जनकपुरको रंग भूमि मैदानमा सोमबार शुरु भएको सहिद कप टी–२० क्रिकेट उद्घाटनको पहिलो खेलमै आयोजक टीमले विजय शुरुवात गरेको छ । आयोजक टीम जनकपुरले काठमाडौंको ओएसीस क्रिकेट एकेडेमीलाई ५६ रनले पछिपार्दै जित हात पारेको हो ।

जनकपुरले ६ विकेटको गुमाएर बीस ओभरको समाप्तिमा विपक्षी काठमाण्डौंलाई १ सय ३२ रनको टार्गेट दिए ।

जनकपुरले दिएको चुनौतिको सामना गर्न ब्याटिङ्गमा उत्रिएका ओएसीस क्रिकेट एकेडेमी काठमाडौं सबै विकेट गुमाउँदै १८ ओभर ४ बलमा ७५ रनमै सीमित भएका थिए ।


mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *