TodayPati

आज थप २ हजार ७ सय २२ जनामा कोरोना पुष्टि, अहिलेसम्मकै धेरै

टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै धेरै हो ।

पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १० लाख ४८ हजार ६ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ ।

Sponsored

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ८२ हजार नाघेको छ । आजसम्म ८२ हजार ४ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ । संस्थागत आइसोलेसनमा ९ हजार ४ सय ७४ छन् भने होम आइसोलेसनमा ११ हजार ७ सय ६० जना छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३ सय ७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको मन्त्रालयको तथ्यांक छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *