TodayPati

महोत्तरीमा सवारी दुर्घटनामा नेता सीपी मैनाली गम्भीर, अन्य ४ जना घाइते

टुडेपाटी-
जनकपुरधाम, फागुन १५ गते ।

महोत्तरीमा भएको सवारी दुर्घटनामा नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो सीपी बा ७ च २१२० नम्बरको कारमा परिवारसहित काठमाडौं जाँदै गरेको बेला बर्दिबास नगरपालिका ३ कालापानी स्थ्ति विपरीत दिसाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पीकअप भ्यान एकआपसमा ठोक्एिपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनमा परी मैनाली गम्भीर घाइते भएका छन् भने चालकसहित उनका आफ्नै परिवारका अन्य ४ जना घाइते भएका छन् । घाइते मध्ये मैनालीको अवस्था गम्भीर भएकाले नेपाली सेनाको हेलिकप्टरले काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको जनाएको छ ।

Sponsored

दुर्घटनामा कारमै सवार छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाती पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छभन् । उनीहरुको समान्य घाइते भएको र स्थानीय स्तरमा उपचार भइरहेको बिर्दिबास प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *