मुख्य-2 समाज

स्वास्थ्य राज्यमन्त्री यादवद्वारा सोनमा गापामा एकैदिन ५ स्वास्थचोकीको शिलान्यास


महोत्तरी, जेठ ८ गते ।

महोत्तरीको सोनमा गाउँपालिकामा एकैदिन पाँचवटा स्वास्थ्यचौकीको शिलान्यास गरिएको छ । मंगलबार सोनमा गाउँपालिका १, ४, ५, ७ र ८ नम्बर वडामा स्वास्थ्यचोकी निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले शिलान्यास गर्नु भएको हो ।


जनतालाई गाउँ रघरमै अाधारभूत स्वास्थ्य सेवा प्रदान गर्न देशैभरिको सवै वडामा स्वास्थ्यचोकी निर्माण गर्ने सरकारको लक्ष्य रहेको राज्यमन्त्री यादवले बताउनु भयो । उहाँले स्वास्थचोकि विहीन वडामा स्वास्थ्यचोकी निर्माण कार्य प्रारम्भ भइसकेको जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा सोनमा गाउँपालिका अध्यक्ष राजकुमार यादव र वडाध्यक्षहरुको उपस्थिति रहेको थियोे ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *