TodayPati

जनकपुरमा टी – २० क्रिकेट हुने

टुडेपाटी-

जनकपुरधाम, मंसिर २ गते ।

चालू महिनाको दोश्रो सातादेखि जनकपुरधाममा टि – २० क्रिकेट टुर्नामेन्ट प्रतियोगिता आयोजना हुने भएको छ । कोरोना महामारीले अवरुद्ध खेल क्षेत्रमा पुनर्ताजगीको लागि प्रतियोगिताको आयोजना हुन लागेको हो । 

Sponsored

हरिज स्पोर्ट्स जोनको आयोजनामा हुन लागेको सो क्रिकेट टुर्नामेन्टमा धनुषा, महोत्तरी र सीमावर्ती क्षेत्र सहितका कम्तीमा १६ वटा टिमलाई सहभागीता रहने  जिल्ला क्रिकेट संघका शोेभाकान्त पाण्डेले जानकारी दिए ।पाण्डेका अनुसार नक आउट प्रणालीमा हुने  प्रतियोगिता दुई सातासम्म नियमित चल्नेछन् । स्थानीय क्लवहरुलाई शामिल गरेर यो आयोजना गर्न लागिएको प्रतियोगिता सम्पन्न भए लगत्तै फागुन चैत महिनातिर शहीद दिपक क्रिकेट टुर्नामेन्ट सहितका बृृहत स्तरको प्रतियोगिताको आयोजना हुने उनको भनाइ छ । 

प्रतियोगिताको पहिलो टिमलाई ५० हजार राशीको पृुरस्कार प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने टिमलाई २५ हजार, मैन अफ द टुर्नामेन्ट हुने खेलाडीलाई ५ हजार राशीको पुरस्कार प्रदान आयोजकले जानकारी दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *