मनोरंजन मुख्य-1

जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको मोडलिङ प्रतियोगिता

टुडेपाटी समाचारदाता–
जनकपुरधाम,जेठ ११ गते ।

मोडल हन्टको आयोजनामा जनकपुरधाममा शनिबारदेखि अन्तर्राष्ट्रिय स्तरको मोडलिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको अडिशन आजदेखि सुरु भएको छ भने १ जुनबाट महोत्तरीको बर्दिबासमा अडिसन सुरु हुनेछ ।

जनकपुरधामबाट ४० जनाभन्दा बढि र बर्दिबासबाट करिव ३०÷४० जनाले सहभागीता जनाउने तथा दुबै तर्फबाट गरी ३५÷४० जना अन्तिम चरणको लागि छनौट गरिने शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले मोडलिङ्ग क्षेत्रमा पनि युवाहरुलाई लाग्न सुझाव दिएका थिए । उनले यस क्षेत्रमा नयाँ नयाँ युवाहरुलाई पनि आउन आह्वान गर्दै आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्न हरसम्भर प्रयासरत रहने समेत प्रतिबद्धता जनाए ।


यस मोडेल हन्ट प्रतियोगितामा अन्तिम चरणका प्रतियोगी छनौट पश्चात व्यक्तित्व बिकास सहित मोडलिङ सम्बन्धि ईन्टरनेशनल कोरीयोग्राफरबाट समेत ट्रेनिङको अवसर प्रदान गरिनेछ भने प्रतियोगीलाई फेसन तथा मोडलिङ सम्बन्धि १ महिने ट्रेनिङको अवसर समेत उपलब्ध गराईने बताईएको छ । ट्रेनिङ पश्चात विभिन्न चरणका छनौट चरणहरु पार गरेर प्रतियोगी मध्येबाट एक जनाले मोडल हन्ट २०१९ को उपाधी पाउने प्रतियोगिताका आयोजक संस्थाका प्रमुख बिक्रम आदित्य महासेठले जानकारी दिए ।


प्रतियोगिताको बिजेताले १ लाख राशिको पुरस्कार सहित २०१९ मा भारतमा हुने मिस्टर एण्ड मिस मोडल वल्र्डवाइडमा सहभागी जनाउन पाउनुका साथै युएसए र फिलिपिन्समा हुने मोडल सम्बन्धि प्रतियोगितामा सहभागीता जनाउने अवसर प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा फेस अफ मोडेलको बिजेताले मोडल हन्टको एक बर्षे ब्रान्ड एम्बेसडर सहित मिस जनकपुरको उपाधी समेत हात पार्नेछन । फेसन तथा मोडलिङमा लाग्न चाहने वा यसैमा भबिष्य बनाउन चाहने युवा युवतीको लागि आफ्नै शहरमा आयोजना हुन लागेको यस मोडल हन्ट प्रतियोगितामा सहभागीता जनाउन महासेठले आग्रह गरे । आफू पनि यहि प्रतियोगिताबाट मोडलिङ करीयरको सुरुवात गरेको बताउँदै मोडलिङ सम्बन्धि यस लेभलको प्रतियोगिता जनकपुरधाममा पहिलोपटक आयोजना हुनलागेको समेत उनले दाबी गरे ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *