TodayPati

बर्दिवासमा बालिका हत्याको विरोधमा स्थानीयद्वारा अवरुद्ध राजमार्ग खुल्यो


टुडेपाटी-
जनकपुरधाम, मंसिर ९ गते ।

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयले अवरुद्ध पारेका पूर्वपश्चिम राजमार्ग अन्तर्गत ढल्केवर-बर्दिवास सडकखण्ड पुनः सुचारु भएको छ भने प्रदर्शन जारी नै रहेकोे छ ।

अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली समेत चलाएको छ । जसमा हालसम्म तीनजना प्रदर्शनकारी घाइते भएका छन् ।

Sponsored

महोत्तरीको बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्याको आरोप लागेको युवकको घरमा स्थानीयले समेत आगजनी गरेका छन् ।

शहिद आलमकी छोरी गुलाब साह खातुनको हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाएका हुन् ।

यो पढ्नुहोस् ।

Sponsored

बर्दिबासमा बालिका हत्या आरोपमा पक्राउ परेका साहको घरमा आगजनी, अवस्था तनावग्रस्त

बालिका हत्या प्रकरण : बर्दिबासमा गोली चल्यो, तीन प्रदर्शनकारी गम्भीर घाइते

बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या, बलात्कारीलाई कार्बाही माग गर्दै राजमार्ग बन्द

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *