मुख्य-1 विविध

जनकपुरका विद्यार्थीहरुले बनाए ट्राफिक नियन्त्रण सहितका यन्त्रहरु

जयन्त ठाकुर–
जनकपुरधाम,असार १६ गते ।

म्याकेनिकल इन्जिनियरिंग अध्ययनरत युवाहरुले मानवरहित यन्त्रहरु बनाएका छन । उनीहरुले बनाएका मानव रहित यन्त्रहरुले ट्राफिक कन्ट्रोल सिस्टम, तापक्रम पत्ता लगाउने, माटोको प्रकार पत्ता लगाउने, सवारी साधनलाई दुर्घटनाबाट बचाउने लगायतका कामहरु गर्नेछन ।
टेक्नोमाइन्ड रोबोटिक्स क्लव र द रोबो क्रियु नामक संस्थामा आवद्ध रहेका म्याकेनिकल इन्जिनियरिंगमा अध्ययनरत आधा दर्जन युवाहरुले मिलेर ती यन्त्रहरुको निर्माण गरेका छन ।

दीपक साह नामक युवाको नेतृत्वमा रहेको सो टोलीमा शाहील गुप्ता, सशांक कर्ण, सुभाष शर्मा, जितेन्द्र शर्मा र शेखर कुमार लगायतका युवाहरु आवद्ध छन । उनीहरु सबै म्याकेनिकल इन्जिनियरिंग पढिरहेका छन । ती युवाहरुले म्यानुअल ट्राफिक कन्ट्रोल सिस्टम,अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल, मार्स रोबोट,अब्स्टेकल रोबोट, लाइन फोलोइंग रोबोट लगायतका यन्त्रहरु बनाएका छन ।

अटोमेटिक ट्राफिक लाइट कन्ट्रोलले कुनैपनि मानवीय सहयोग बिना ट्राफिक लाइटहरुलाई नियन्त्रण गर्न सकिने छ । उनीहरुले निर्माण गरेको अब्स्टेकल रोबोटबाट सडकमा गुडिरहेको सवारी साधनलाई दुर्घटनाबाट जोगाउन सकिन्छ । त्यो रोबोट सवारी साधनमा जडान गरिए अगाडी रहेको बाधालाई २० सेन्टिमिटर अगाडी नै पहिचान गरेर सवारी साधनलाई बाटो परिवर्तन गर्न सक्ने बनाउन सकिन्छ ।


त्यस्तै मार्स रोबोटले मानव जान नसक्ने स्थानमा पुगेर त्यहाँको वस्तु स्थिति, त्यहाँको वातावरण, माटो पानी आदीको विषयमा जानकारी संकलन गर्न सहयोग गर्न सकिनेछ । नासाले मार्समा पठाएको क्युरोसिटि रोबोटबाट प्रेरित भएर ती युवाहरुले यस रोबोटको निर्माण गरेका हुन । यो रोबोट निर्माण गरेका शाहील गुप्ताले यस रोबोटलाई पृथ्वीको पनि मानव जान नसक्ने स्थानमा पठाउन सकिने बताए ।
सरकारसँग सहयोगका लागि आग्रह
मानव रहित यन्त्र निर्माण गरेका ती युवाहरुले जनकपुरधाममा एउटा रिसर्च सेन्टरको स्थापना गर्न सरकारसँग माग गरेका छन । उनीहरुले बनाएका ती यन्त्रहरुको परिक्षणका लागि आयोजित कार्यक्रममा सरकारी सहयोग भए अन्य युवाहरु पनि लाभान्वित हुने भएकोले रिसर्च सेन्टरको स्थापना गर्न माग गरेका हुन । ती युवाहरुको नेतृत्वकर्ता दीपक साहले मिथिला रिसर्च सेन्टरको नाममा जनकपुरधाममा संस्था स्थापना गरिए हामीहरुलाई अन्य अविष्कारहरुका लागि सहयोग पुग्ने बताए ।


उनले हामीले सरकारी सहयोग पायौँ भने जनकपुरधाममै अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल कम लागतमै जडान गर्न सक्ने बताए । उनले ५ लाखको लागतमा कुनै एक स्थानमा यो प्रणाली जडान गर्न सक्छौँ बताए । जसमा सिसिटिभी क्यामेरा समेत आफै जडान गरिएको हुन्छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *