TodayPati

विवाहपञ्चमी : सिता–राम विवाह सम्पन्न, आज रामकलेवा

टुडेपाटी

जनकपुरधाम, पुस ५ गते ।

प्राचीन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव अन्गर्तत विवाह सम्पन्न भएको छ ।

Sponsored

शुक्रवार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह समपन्न भएको हो ।

जानकी मन्दिर प्राङ्गणमा निर्मित आकर्षक मञ्चमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको मूर्तिमा विधिवत् पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ गरिएको हो ।

मिथिलामा बेहुलालाई भोजन गराउँदा मिथलानी महिलाहरूले गीत गाउने चलन छ ।

Sponsored

‘राजा जनकजी के बाग मे अलवेला दुल्हा आयो रे’ ।।,
‘दुल्हा चिन्हीलियौ अपन दुलारी के, के छैत प्राणप्यारी के ना‘’

यस्ता गीतमार्फत बेहुला र जन्तीहरूसँग हाँसो ठट्ठा गर्ने चलन छ । हाँसो ठट्ठाको माध्यम पारम्परिक लोकगीत हुन् ।

रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा हुनेछ ।

रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न हुनेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *