TodayPati

देश ठूलो दुर्घटनातर्फ जाँदै, संसद विघटन गर्न मन्त्रीपरिषदको सिफारिस

टुडेपाटी

काठमाडौँ, पुस ५ गते ।

आज बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने सिफारिस गरेको छ ।

Sponsored

बैठकले संसद विघटन गर्ने सिफारिस गरेको एक मन्त्रीले बताए ।

उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

Sponsored

सत्तारुढ दलभित्रै अल्पमतमा रहेका प्रधानमन्त्रीको राजीनामाको माग चर्किरहेका बेला संसद अधिवेशन माग भएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै विघटन गर्ने कदम चालेका हुन्।

प्रधामन्त्री ओलीको यो कदमले देश ठूलो दुर्घटनातर्फ फस्ने संकेत देखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *