मुख्य-1 राजनीति

खुलेकुदबाट मात्रै मुलुकको विकास सम्भव :महतो

टुडेपाटी समाचारदाता-
जनकपुरधाम, असार २५ गते ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता एवं धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले खुलेकुदको विकासबाट मात्रै मुलुकको विकास सम्भव रहेको बताउनु भएको छ ।
उहाले युवाहरुलाई खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा देखाउन आग्रह गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रथम मेयर कपको उदघाटन समारोहमा बोल्दै महतोले जनकपुरधामको विकासका लागि आफ्नो तर्फबाट हरेक प्रकारको सहयोग गर्ने समेत बताउनुभयो । उहाले जनकपुरधामको सौन्दर्यीकरण र सफाईको लागि आफ्नो तर्फबाट समेत सहयोग रहने बताउनुभयो ।

महतोले निर्वाचनको समयमा जनकपुरधाम निकै फोहर रहेको बताउदै अहिले आएर सफाई र सडक विस्तारले जनकपुरधामको गरिमा बढेको जिकिर गर्नुभयो । उहाले सडक निर्माणबाट मात्रै विकास नुहेन बताउदै सरसफाईमा समेत विशेष ध्यान दिन आग्रह गर्नुभयो । महतोले जनकपुरधाम नगरको अहिले सफाई राम्रोसंग सुरुवात भएको बताउदै यसलाई निरन्तरताको खाँचो रहेको बताउनुभयो ।

उहाले आफुले आफ्नो संसदीय विकास कोषबाट जनकपुरधाम उपमहानगरपालिकालाई सफाई सामग्री किन्नको लागि रकम सहयोग गरेको बताउनुभयो ।
महतोले खेलकुद क्षेत्रको विकासको लागि प्रदेश सरकारको समेत ध्यान जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाले खेलकुदको माध्यमबाट देश र दुनियामा युवाहरुलाई आफ्नो प्रतिभा देखाउन मौका मिल्ने भएको कारणले खेलकुदको विकासको लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सुरिताकुमार साह,जिल्ला समन्वय समितिका प्रमुख राम देव बनरैत यादव,प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेल सहितको सहभागिता रहेको

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *