मुख्य-2 समाज

बर्दिबास स्थित सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकद्धारा ३ लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण

टुडेपाटी समाचारदाता–
जनकपुरधाम,अषाढ २६ गते ।

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–३ स्थित गौरीडाँडामा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंक लिमिटेडले करिव ३ लाख बराबरको स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।
सर्पदंशका बिरामीहरुलाई सेवा दिंदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकको सामाजिक कोष अन्र्तगत बिहीबार एक थान इलेक्ट्रिक अक्सिजन,आइसियु साईडबेड मनिटर र आइसियु बेड हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले गौरीडाँडामा रहेको सामुदायीक सर्पदंश उपचार केन्द्रलाई नगरपालिकाले पनि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए ।


नेपाली सेनाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई बैंकको तर्फबाट सहयोग गर्दै लक्ष्मी बैंक प्रदेश नम्बर २ का प्रमुख उज्जवल घिमिरेले आगामी दिनहरुमा आवश्यकता अनुसार सहयोग गर्दै जाने बताए । जटिल प्रकृतिको बिरामी आउँदा सर्पदंश उपचार केन्द्रले उनीहरुलाईअन्यत्र पठाउनुपर्ने बाध्यता भएकाले लक्ष्मी बैंकले स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको बैंकका जनकपुरधाम प्रमुख अमित कर्णले बताए ।


बिभिन्न सहयोगी हात तथा नेपाली सेनाको प्रमुख सक्रियतामा त्यहाँ सामुदायिक सर्पदंश केन्द्र सञ्चालन भईरहेको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *