TodayPati

करोडौँ हिनामिना गर्ने जनमत पार्टीका संयोजक यादवका बुवा बालेश्वर अख्तियारको फन्दामा

शुभ नरायण यादव

सप्तरी, माघ ६ गते ।

जनमत पार्टी बोदेबसाइनका संजकका बुवा किर्ते गरेको आरोपमा अख्तियारको फन्दामा परेका छन् ।

Sponsored

ललितपुरमा आठ रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा सप्तरीको बोदेबरसाईनका बालेश्वर यादव र नापी कार्यालय ललितपुरका सात कर्मचारीसहित १७ जना विरुद्ध मुद्दा दायर भएको हो।

उक्त कार्यको मुख्य डिजाइनर मानिएका तत्कालीन नापी अधिकृत बालेश्वर यादव माथि भ्रष्टाचारको मुद्दा दायर भएको हो। यादव सप्तरी जिल्ला बोदेबरसाईन नगरपालिका जनमत पार्टीका संयोजक आलोक कुमार यादवका बुवा हुन् ।

करोडौं रुपैयाँ हिनामिना गरेर सरकारी जग्गा ब्यक्तिको नाम गरिदिएर अकुत सम्पत्ति जोडेको यादवमाथि आरोप छ । यादवले सो घोटलाबाट काठमाडौंमा घरसमेत जोडन सफल भएको बताइएको छ ।

Sponsored

उनीसँगै सम्लग्न रहेका अन्य कर्मचारीले पनि करोडौं हिनामिना गरी अकुत सम्पति जोडेको बताइएको छ । यो घटना सार्वजनिक भएपछि अहिले अख्तियारको ध्यान केन्द्रित भएको छ।
ललितपुरमा खोलामा पर्ने आठ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको बताइएको छ ।

उक्त कार्यमा संलग्न काठमाडौं अस्पताल, युरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

हाल ललितपुर महानगरपालिकाको वडा नम्बर २८ र २३ मा रहेको तत्कालीन हरिसिद्धि गाविस– १ तथा धापाखेल– १ मा पर्ने जग्गा हिनामिना भएको हो ।

आयोगले नापीका सात कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापामगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेलको संलग्नता रहेको आयोगले जनाएको छ ।
युरो हाउजिङ डेभलपर्स कम्पनीका सञ्चालकहरूले जग्गा हिनामिनाको योजना बनाएको स्रोतले जनाएको छ ।

सबैलाई दुई करोड, दुई लाख, ३३ हजार ६ सय ७१ रुपैयाँ ८८ पैसा बिगो दाबी गरी मुद्दा दायर भएको छ। उनीहरूले सो जग्गा प्लटिङ गरी विभिन्न व्यक्तिलाई बिक्री गरेका थिए ।

जग्गा किन्ने ३३ जनाविरुद्ध भने जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र मुद्दा दायर भएको बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *