मनोरंजन मुख्य-2

धनुषाका गायक विश्वकर्मालाई ‘सर्वोत्कृष्ट कल्चर’ अवार्ड

विजय कुमार सिंह-
धनुषा, भदौं २७ गते ।

धनुषाका चर्चित गायक रुद्रसेन विश्वकर्मा सर्वोत्कृष्ट कल्चरल गीत अवार्डबाट पुरस्कृत भएका छन् ।

मंगलबार औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा सम्पन्न ‘इन्डस्ट्रीयल पिस म्यूजिक अवार्ड–२०७६’ कार्यक्रममा पुरुषतर्फको सर्वोत्कृष्ट कल्चरल गीत अवार्डबाट उनी पुरस्कृत भएका हुन ।

नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मैथिली भाषाको ‘कानोमे आँहाके झुमका’ बोलको गीतबाट गायक रुद्रसेनलाई सो अवार्ड प्रदान गरिएको हो।

गायक रुद्रसेन विश्वकर्मा र बहुचर्चित गायिका ज्योति मगरको स्वरमा रहेको मैथिली भाषाको गीत ‘कानोमे आँहाके झुमका’ केही दिन अघि मात्र युटुबमा सार्वजानिक गरिएको थियो । कम समयमा निकै चर्चा पाएको सो गीतले अहिले साङ्गितीक बजारमा चौतर्फी प्रशंसा बटुली रहेको छ ।

शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माकै रहेको यस गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् । दिपक गिरीले छायांकन गरेको उक्त भिडियोको निर्देशन अहिलेका व्यस्त निर्देशक र कोरियोग्राफर प्रदिप कुमार रसाइलीले गरेका हुन् ।

भिडियोमा मोडलका रुपमा पनि रुद्रसेनलाई नै देख्न सकिन्छ भने उनलाई मोडल तथा नायिका रिचा थापाले साथ् दिएकी छिन । यस गीत र भिडियोको निर्माण निर कुमारी विश्वकर्मा (सविना) ले गरेकी हुन ।

पछिल्लो समयमा व्यापक चर्चामा रहेका श्रष्टा गायक, संङ्गीतकार तथा मोडल रुद्रसेन विश्वकर्मा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–१० लालगढका स्थायी बासिन्दा हुन् ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *