TodayPati

आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि बढ्यो, के को मूल्य कति पुग्यो ?

टुडेपाटी-

जनकपुरधाम, फागुन १८ गते ।

नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको भाउ बढाएको छ ।

Sponsored

निगमले गएको मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रूपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल लिटरको ११६ रूपैयाँ, अनि डिजेल र मट्टितेल लिटरको ९९ रूपैयाँ पुगेको छ । यस्तै निगमले हवाई इन्धनको पनि भाउ बढाएको छ ।

निगमले आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँच रूपैयाँ वृद्धि गरी ७२ रूपैयाँ कायम गरेको छ ।

Sponsored

यस्तै अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ डलर प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको भने मूल्य नबढाएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन ९आइओसी० ले १ मार्च बाट मूल्य बढाएर पठाएकाले नेपाली बजारमा समायोजन गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले बताउनुभयो ।

मूल्य वृद्धिपछिको बिक्री दरमा इन्धन बिक्री गर्दा पनि आगामी १५ दिनसम्ममा निगमलाई एक अर्ब ३२ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ वृद्धि भइरहेकाले निगमले चर्को घाटा सहनुपरेको दाबी गर्दै आएको छ

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *