TodayPati

सर्लाहीबाट कृषि बजारका अध्यक्ष सहित १३ जुवाडे प्रहरीको फन्दामा

टुडेपाटी-

सर्लाही, फागुन २५ गते ।

सर्लाहीको लालबन्दी नगरपालिकाबाट १३ जुवाडे पक्राउ परेका छन् ।

Sponsored

पक्राउ पर्नेमा लालबन्दीका कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित अन्य व्यापारीहरु रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले सोमबार दिउँसो लालबन्दीको तरकारी बजारबाट भित्रपट्टी जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

दिउँसो ४ बजेतिर प्रहरी टोलीले छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

Sponsored

पक्राउ परेकालाई जुवातास नियन्त्रण ऐन अन्तर्गत कारबाही गर्ने तयारी भइरहेको कुँवरले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *