विचार विविध

समय संगै फेरिएको दशैँको दशा

राजिव महतो

जनकपुरधाम,असोज १६ गते ।
दशैँ नै हो कि यो मेरो दशा फर्की आएको
बर्ष मै पिच्छे किन यो मेरो टाउको खाएको ……

जब जब दशैँ आउछ तब तब यो गीत रेडियो, टि भी लगायतको संचार माध्यमहरुमा घन्किन थाल्दछ । धेरै बर्ष अगाडिदेखि सुन्दै आएको गित हो यो तर पहिला पहिला सुन्दा मनोरंजनको हिसाबले मात्रै सुनिन्थ्यो , सुन्यो रमाइलो गर्यो सकियो तर आज/यसपटक यो गीत सुन्दा सोच्न बाध्य भए, यो गीतले भन्या जस्तै दशैँ साच्चिकै दशा नै हो त ?

असत्य माथि सत्यको विजय को उत्सवको रुपमा मनाइने यो चाडलाइ धार्मिक भन्दा पनि आत्मिक भन्दा बेस होला । कामको सिलसिलामा , पढाइको सिलसिलामा घरबाट टाढा टाढा जानेहरु हरेक बर्ष दशैमा आ आफ्नो घर फर्किन्छन , हाँस्छन् , गाउँछन रमाइलो गर्छन, बर्षभरिको थकित शरीरलाई आराम दिन्छन, बर्षभरी सम्म भेटघाट नभएका आफन्त , साथीभाई , नातागोता एक ठाउँ भेला हुन्छन दुख सुखका कुरा गर्छन हास्छन एक अर्काको भावना साटा साट गर्छन ।
बर्षमा एक पटक आउने यस महान चाडमा मिठो मसिनो खानै परो, एक सरो नया लुगा लगाउनै परो, आफन्तकोमा जाँदा कोसेली लानै परो, आफ्नामा आएकालाई टीको लगाएर दक्षिणा दिनै परो, यस्तै यस्तै आबस्यकता एकै पटक हाम्रो समू आइपर्दा र ई आबस्यकताहरुलाई पुरा गर्नको लागि चाहिने आवश्यक पैसाको जोहो गर्न नसक्दा साच्चिकै दशा नै आए जस्तो हुन्छ र यिनै र यस्तै कुराहरुले गर्दा गीतमा दशैलाई दशा भनिएको होला जस्तो लाग्छ तर समय फेरिएको छ ,आवश्यकता फेरिएको छ र दशैंमा आउने दशाको स्वरूप पनि फेरिएको छ ।

खाने लगाउने र रमाइलोको पर्यायवाचिको रुपमा लिइन्थ्यो दशैलाई तर अब खान लगाउन र रमाइलो गर्नको लागि दशैँलाइ नै पर्खनुपर्ने समय रहेन । गाउ गाउ तथा सहरहरुमा खुलेका होटल, रेस्टुरेन्ट, पार्क, घरघरमा भएको टिभी, घरको छानामा जोडिएको डीस, यातायातको बिस्तार , हातहातमा रहेको स्मार्ट मोबाइल , इन्टरनेटले आजकल दसैको आबस्यकताहरुलाइ परिपूर्ति गरिरहेको छ । यस हिसाबले आजकल दशैले ल्याउने दशाको परिभाषा पनि बदलिएको छ ।

आजकल दशैमा देखिने दशाहरु भिन्न हुदै गैरहेको छ। महिना दिन अगाडी देखि बुक गर्नुपर्ने बसको टिकटको दशा, महिनै पिच्छे नयाँ लुगा लगाइरहने छोराछोरीलाई दशैंको लुगाले मात्र खुसि दिन नसक्दा नया मोबाइल किन्नुको दशा, श्रीमतीको लागि नया गहना बनाइदिनुको दशा , १२ घन्टाको दुरी जाम र अस्तव्यस्त सडकको कारण २४ घन्टामा पनि यात्रा पुरा गर्न नसक्नुको दशा, गाउघरमा पुगेपछि त्यहाँ घटेका बिभिन्न घटनाहरुको पिडा सुन्नुको दशा, तोरिनेताहरुको रवाफ देख्नुको दशा , सरकारले दशैको छुटी खुम्चाएको कारण हतार हतार फर्कनुको दशा ….आजकल दशैमा यस्तै यस्तै दशाहरु झेल्नु परिरहेको छ र सायद यहि कारणले योगेश्वर आमात्य को गित ” दशैँ नै हो कि यो मेरो दशा …” आज पनि उतिकै सार्थक बनेको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *