मुख्य-2 राजनीति

निर्वतमान सभामुख महराको नाउमा पक्राउ पूर्जी जारी

टुडेपाटी समाचारदाता
काठमाडौं, असोज १९ गते ।
काठमाडौं जिल्ला अदालतले निर्वतमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ पर्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महराविरुद्ध पक्राउ गरी अनुसन्धान प्रत्रिया अघि बढाउन आदेश दिएको हो।

निवर्तमान सभामुख महरामाथि यौन दुराचारको आरोप लगाएकी रोशनी शाहीले प्रहरीमा जाहेरी दिएकी थिइन्। शाहीले महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार जाहेरी दिएकी हुन्।

रोशनीले आइतबार साँझ आफूमाथि महराले यौन दुराचार गरेको आरोप लगाएकी छिन्। महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार बिदाकै दिन भए पनि प्रहरीले जाहेरी दर्ता गराएको छ।

शनिबार अदालत बन्द हुने भएकाले आइतबार मात्रै नेपाल प्रहरीले अदालतसमक्ष महरालाई पक्राउ गर्न अनुमति मागेको हो

आइतबार साँझ रोशनीको कोठामा पुगेका महराले यौन दुर्व्यवहारको प्रयास गरेको रोशनीको आरोप छ। महराविरुद्ध पक्राउ पूर्जी जारी भएपछि अब प्रहरीलाई महरालाई पक्राउ परेर अनुसन्धान प्रक्रिया सुरु गर्न बाटो खुलेको छ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *