TodayPati

संकटमा ओली सरकार : राष्ट्रपतिले जसपा सहितका प्रमुख दलहरुसँग आज छलफल गर्दै

टुडेपाटी-

काठमाडौँ, चैत ३ गते ।

राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भएकी छन् ।

Sponsored

देशमा राजनीतिक विवाद बढ्दै गएपछि छलफलका लागि राष्ट्रपतिले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई हिजै (सोमबार) पत्र पठाएर आज सर्वदलीय बैठकमा आउन आग्रह गरेकी हुन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएकी हुन् ।

पछिल्लो राजनीतिक परिस्थितबारे आह्वान गरिएको छलफल अपराह्न ४ बजे शीतल निवासमा हुनेछ ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

Sponsored

दलहरूबीच विवाद बढेको तथा नयाँ सरकार गठनका लागि छलफल चलिहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

यसरी सोच्दै नसोची, विज्ञसँग परामशैै नगरी सिफारिस तुरुन्त कार्यान्वयन गरेको भन्दै राष्ट्रपति भण्डारीको व्यापक आलोचना भएको थियो।

तर विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा त्यो कदम असंवैधानिक ठहर गरी यही फागुन ११ गते संसद् पुनर्स्थापना भएको हो।

संसद् विघटनको कदमलगत्तै तत्कालीन नेकपामा विभाजन देखियो। त्यसपछि नेकपाको आधिकारिता आफ्ना पक्षमा पार्न प्रचण्ड–नेपाल र ओली समूहबीच तीव्र प्रतिस्पर्धा भइरहेको थियो।

तर यहीबीच २ वर्षअघि हालिएको मुद्दाको फैसला गर्दै सर्वोच्चले नै नेकपा बदर गरी पहिलेकै पार्टीहरू एमाले र माओवादी केन्द्र कायम गरिदिएपछि अहिले प्रधानमन्त्री ओलीको सरकार संकटमा पर्नै अवस्था बन्दै गएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *