मुख्य-2 समाज

सप्तरीमा पत्नी र छोराको कुटाइबाट एकजनाको ज्यान गयो

टुडेपाटी समाचारदाता-

सप्तरी, असोज २० गते ।

सप्तरीमा आफ्नै पत्नी र छोराको कुटपिटबाट एकजनाको ज्यान गएको छ । सप्तरीको महादेवा गाउँपालिका ३ पकरीस्थित पारिवारिक विवादको क्रममा ५० वर्षीया जुमली खातुन र २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम पमरियाले कुटपिट गर्दा ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु भएको हो ।

आइतबार मध्यराति कुटपिटबाट घाइते भएका पमरियाको उपचारार्थ राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । उनका अनुसार रहिम (छोरा) ले मदिरा सेवन गरेर अन्धाधुन्ध कुटपिट गर्दा गफुरको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने घटनामा संलग्न आमाछोरा फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *