मुख्य-2 समाज

महोत्तरीबाट कौडा खेलाउने २ जना रुपैयाँसहित प्रहरीको फन्दामा

टुडेपाटी समाचारदाता
जनकपुरधाम, असोज २१ गते ।

महोत्तरीबाट कौडा खेलाउने दुई जना पक्राउ परेका छन् । महोत्तरीको लोहरपट्टी नगरपालिका ५ बस्ने वर्ष ५८ का बिल्टु शर्मा र जिल्ला महोत्तरी औरही नगरपालिका १ बस्ने वर्ष ३० का प्रमोद मण्डललाई पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालयले टुडेपाटीलाई जानकारी दिएको छ ।

सोमबार राति कौडा खेलाउँदै गर्दा प्रदेश प्रहरी कार्यालयबाट खटेको व्युरो टोलीले दुवैजनालाई नेपाली ६७ हजार र भारु ४ हजार ८ सय ५० गरी जम्मा ७१ हजार ८ सय ५० सहित पक्राउ गरेको गरेको हो ।

यस्तै नगद ३० हजार रुपैयाँको काटिएको चेक समेत बरामद भएको जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लोहरपट्टीमहोत्तरीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *