TodayPati

‘जनकपुरको चोक चौतारामा कचहरी बस्ने’

टुडेपाटी-

जनकपुरधाम चैत्त ४ गते ।

युथ एड्भोकेसि नेपाल जनकपुर शाखाको आयोजनामा जनकपुरधामको हरेक चोक तथा चौतारीमा बिभिन्न सामाजिक मुद्दा तथा बिषयमा कचहरी बस्ने भएको छ ।

Sponsored

तराई तथा भित्र मधेशमा कचहरी बस्ने चलन लोप हुन लागेको भन्दै नयाँ पुस्ताले त्यस्ता मौलिक थिति लाई संरक्षण तथा सम्बर्द्धन गर्न अग्रसर रहन पर्ने तथा यस्ता कार्यक्रमबाट युवालाई प्रबल सम्भावना तथा अवसर बारे जानकारी दिन सक्ने गरी कचरी बस्ने एड्भोकेसि नेपालका संयोजक दिवाकर उप्रेतीले जानकारी दिए ।

सामाजिक कार्य दिवसको अवसरमा जनकपुरस्थित गंगा सागरको डिलमा आयोजित छलफल कार्यक्रममा युवालाई बहस तथा पैरविमा जोड्ने तथा युवालाई थप सचेत र चेतना अभिवृद्धि गर्ने उप्रेतीले बताए ।

सामाजिक क्षेत्रमा युवाको अवसर तथा चुनौतीहरु बिषयमा गरिएको छलफलमा बुद्धिजीवी, नागरिक समाज, पत्रकार, तथा समाजसेवी, युवाहरुको उपस्थित रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *