मुख्य-1 राष्ट्रिय

मन्त्री सोनलको गाडी जानकी मन्दिरको मुख्यद्वार नै छेके

दिपक कर्ण/प्रमोद साह

जनकपुरधाम,असोज २१ गते ।

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जानकी मन्दिरको प्रवेशद्वारलाई छेकेर आफ्नो गाडी पार्किङ्ग गरेको देखिएको छ ।

मन्त्री सोनलले आज विश्वप्रसिद्ध जानकी मन्दिरको प्रवेशद्धार नै बन्द गरेर आफुले प्रयोग गर्ने सरकारी सवारीसाधनलाई पार्किङ्ग गरेर राखेको तस्वीर हामिले तानेका छौँ ।

विश्वभरीका हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको मुख्यद्वारलाई नै छेकेर गाडी पार्किङ्ग गरेको भन्दै लोकतन्त्रमा नयाँ राजाको उदय भएको स्थानीयले संज्ञा दिएका छन ।

ज.१ झ ४३५ नम्वरको गाडी मन्त्री सोनलले जानकी मन्दिरको प्रवेशद्धार नै बन्द गरेर मन्दिरको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । मन्दिरको प्रवेशद्वार मै आफ्नो गाडी पार्किङ्ग गरेर अन्य दर्शनार्थीहरुलाई समस्या हुने गरि मन्त्री सोनलले दादागिरी देखाएको भन्दै चर्को विरोध भएको हो ।

mm
दीपक कर्ण
उहाँ टुडेपाटीका जनकपुर प्रतिनिधिको साथै डेस्कमा बसेर समेत समाचार सम्पादनको काम गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *