ब्रेकिङ्ग राष्ट्रिय

धनुषामा बस पल्टिँदा एक दर्जनभन्दा बढी घाइते

टुडेपाटी समाचारदाता-

जनकपुरधाम, असोज २१ गते ।

पुर्व- पश्चिम राजमार्गअन्तर्गत धनुषाको विरेन्द्रबजार र धारापानीकोबीचमा बस पल्टिँदा १५ जना घाइते भएका छन् । जनकपुरबाट राजविराजका लागि छुटेको बस पल्टिँदा उनीहरू घाइते भएका हुन् ।

धनुषाको प्रहरी उपरीक्षक शेखर खनालले दिएको जानकारी अनुसार मंगलबार जनकपुरबाट राजविराजको लागि छुटेकाे ना ४ ख ७८९९ नम्बरको बस पल्टिँदा ११ जनाको अवस्था सामान्य रहेको छ भने ४ जनाको अवस्था मध्यम खालको रहेको छ।

घाइते भएका सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको खनालले बताए ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *