मुख्य-2 समाज

सप्तरीमा हत्या आरोपमा पत्नी र छोरा प्रहरीको फन्दामा

टुडेपाटी समाचारदाता-

सप्तरी, असोज २१ गते ।

सप्तरीमा हत्या आरोपमा पत्नी र छोरा पक्राउ परेका छन् ।कुटपिटबाट मृत्यु पश्चात् फरार सप्तरीको महादेवा गाउँपालिका १ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरिया पक्राउ परेका हुन् ।

आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु भएको सप्तरी प्रहरीले जनाइएको छ।

गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मोहम्मद इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

सप्तरीमा पत्नी र छोराको कुटाइबाट एकजनाको ज्यान गयो

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *