मुख्य-1 राजनीति

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने

काठमाडौं, असोज २२ गते ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदो शनिबार नेपाल आउन लागेका छन् । राष्ट्रपति सी को राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात आउने शनिबार र आइतबारका लागि तय गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राजकीय भ्रमणका क्रममा नेपाल आउन लागेको विज्ञप्तीमा उल्लेख छ ।
चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा केही दुईपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । चिनियाँ राष्ट्रपति सी शुक्रबार अक्टोबर ११ मा भारत भ्रमणमा जाँदै छन् । भारत भ्रमण सकेर चीन फर्कने क्रममा उनी शनिबार काठमाण्डौ ओर्लने र आइतबार चीन जाने तय भएको हो ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *