मुख्य-2 राष्ट्रिय

सप्तरीका ५ गाउँपालिका बजेट पारित नै नगरी खर्च गर्दै

शुभ नारायण यादव-
सप्तरी ,असोज २२ गते ।

सप्तरी जिल्लाका पाँच वटा स्थानीय तहले सभाबाट पारित नगरी बजेट खर्च गरीरहेको खुलासा भएको छ । बजेट पारित नगरी खर्च गर्ने स्थानीय तहको बजेट कटौती गर्ने कानुनी व्यवस्था भए पनि सप्तरीका अभैm ५ वटा स्थानीय तहले सभाबाट बजेट पारित नै नगरी खर्च गरेका छन् ।

संविधान अनुसार सभाबाट बजेट पारित नगर्ने स्थानीय तहलाई सरकारले प्रदान गर्ने अनुदान कटौती गर्ने कानुनी व्यवस्था रहेको छ । जिल्लाको छिन्नमस्ता, तिरहुँत, बलान बिहुल, महादेव, राजगढ (वेल्ही चपेना) गाउँपालिका ले सभा गरेका छैनन् । सप्तरीका पाँच वटा गाउँपालिकाले बजेट सभामा पेस नगरी खर्च गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले हरेक आर्थिक वर्षका लागि असार १० गतेभित्र आ–आफनो सभामा बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र बजेट पास गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले भने सभाबाट बजेट पारित नै नगरी खर्च गर्नु बेरुजु हुने जनाएको छ । सप्तरीका पाँच वटा स्थानीय तहले गैरकानुनी रूपमा बजेट सभाबाट पारित नगरी खर्च गर्दै आएको छ ।

mm
शुभनारायण यादव
उहाँ टुडेपाटीका सप्तरी प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *