मुख्य-2 राजनीति

वर्तमान सरकार काण्डै काण्डले भरिएको छ : नेता मण्डल

टुडेपाटी समाचारदाता-

जनकपुरधाम,असोज २२ गते ।

राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता उमेश मण्डलले केपी ओली नेतृत्वको वर्तमान सरकार विकासप्रति अनुदार भएको आरोप लगाएका छन् ।

युवा नेता मण्डलले आफ्नो फेसबुक स्टाटस मार्फत वर्तमान सरकारसँग विकासको कुनै योजना नभएकाले योजना नै तर्जुमा गर्न नसकेको टिप्पणी गरेका छन् ।

वर्तमान सरकार काण्डै काण्डको सरकार भएकाले अन्य विकासको योजना तर्जुमा गर्न नसकेको नेता मण्डलले बताए। ‘निर्मला हत्याकाण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड लगायतका काण्डले भरिएको छ।’ उनले यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्नुपर्ने आवश्यकता रहेको लेखेका छन् ।

मण्डललेे दुई तिहाईको सरकार दम्भ पालेर ‘पानी जहाज ल्याइदिने र रेल ल्याइदिने’ भन्दै सपनै सपनामा बिलाइरहेको बताए। नेपालको संविधानमाथि आक्रमण हुने खतरा देखिएकाले सबैले मिलेर बचाउनुपर्ने समेत उनले सुझाए।

‘संविधानमाथि आक्रमण हुने सम्भावना देखिरहेको छु’ मण्डलले भने,‘हामी सबै मिलेर संविधानलाई जोगाउनु पर्छ।’

नेता मण्डलले आफ्नो फेसबुकमा लेखेका छन्,’अहिलेको सरकार भ्रष्ट,हत्यारा र जनतालाई शोषण गर्ने सरकार छ।’ पटक पटक भ्रष्टाचारमा नाम आउंदा पनि भ्रष्टाचार रोक्न सकेको छैन् । कहाँ गयो सुनकाण्ड, वाइडबॉडी जस्ता घटनाहरू ? जनताले दुइतिहाई दिएको बहुमतको सरकार आफै भ्रष्टाचारमा लिप्त भएपछि जनताको सरकार प्रति बिश्वास घटदै गएको छ। त्यति मात्रै कहाँ हो यो सरकारको काण्ड निर्मला जस्ता कयौं देशको चेलिबेटीले न्याय पाएको छैन।
भर्खरै सम्माननीय पद धारण गरेको सभामुखनै बलात्कारमा मुछिनु कस्तो सरकार हो ? त्यो अब जनताको बीचमा आइसकेको छ। अब जनता न्यायमूर्ति तीर फर्केको छ ।

के दोषी लाई कारबाही हुन्छ ? सर्वबिदित न्यायालय पनि सरकारमुखी भएको छ भर्खरै Ncell को निर्णय जनताले देखीसकेको छ। के पाउला बलात्कारीले सजाय ?

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *