मुख्य-2 विविध

प्रतिवद्धता पुरा नगरेपछि गाउँलेले मेयरलाई ट्रकमा बाँधेर घिसारे

एजेन्सी, असोज २२ गते ।

चुनावमा गरेको प्रतिवद्धता पुरा नगरेपछि मेक्सिकोका एक मेयरलाई गाउँलेले पिकअप ट्रकमा बाँधेर घिसारेका छन् । मेक्सिकोका चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् ।

बीबीसीका अनुसार मेयर हुनु अघि चुनावमा उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए । तर त्यो वाचा पुरा नगरेपछि रुष्ट गाउँलेहरु विग्रिएकै सडकमा ट्रकमा बाँधेर घिसारेका हुन् ।
ट्रकमा बाँधेर घिसारिदा ढाँड, हात तथा खुट्टामा चोटपटक लागेर घाइते भएको जनाइएको छ । बेलैमा प्रहरी घटनास्थल पुगेर उद्धार गर्दा मेयर जर्जको ज्यान बचेको हो ।

घटनापछि प्रहरीले ११ जना मानिसहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
विकास निर्माणको विषयमा मेयरमाथिको यस आक्रमणलाई विचार पुर्याउनु पर्ने त्यहाँका राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *