TodayPati

सिरहामा कोरोनाविरुद्ध खोपको दोस्रो डोज आजदेखि दिँदै

विनय यादव-
सिरहा, चैत ७ गते ।

सिरहामा ४० हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् ।

सिरहामा ४८ हजार ९ सय ९८ जनालाई खोप लगाइने लक्ष्य लिइएकोमा ४० हजार २ सय ८३ जनाले पहिलो डोज लगाएका हुन् ।

Sponsored

सिरहामा कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो चरणको खोप अभियान प्राथमिकताका आधारमा तीन चरणमा सञ्चालन भएको थियो । जसअनुसार पहिलो पटक माघ १४ देखि २४ गतेसम्म, दोस्रो पटक फागुन २ देखि १० गतेसम्म र तेस्रो पटकमा फागुन २३ देखि चैत २ गतेसम्म खोप लगाइएको थियो ।

कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, महिला स्वयंसेविका, सफाइकर्मी, निजामती कर्मचारी, प्रहरी, जनप्रतिनिधि, सञ्चारकर्मी, कैदीबन्दी तथा ज्येष्ठ नागरिकलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णणदेव यादवले जानकारी दिए ।

यससँगै कोरोना विरुद्धको पहिलो डोज अभियान सिरहामा सकिएको र दोस्रो डोज लगाउने कार्यक्रम शनिबारदेखि सञ्चालन हुने उनले बताए ।

Sponsored

विभिन्न चरणमा पहिलो डोज लगाएकालाई मात्रै क्रमशः दोस्रो डोज दिइने यादवले जानकारी दिए । यसका लागि पहिलो डोज लगाइसकेकाहरुलाई दोस्रो डोज लिन मोबाइलमा म्यासेज पठाउने र विभिन्न माध्यमले सूचना प्रकाशन गरी जानकारी गराइने कार्यालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *