TodayPati

बारामा टिपरको ठक्करबाट बालिकाको ज्यान गयो, बुवा घाइते

टुडेपाटी-
बारा, चैत ८ गते ।

बारामा टिपरको ठक्करबाट एक ७ वर्षीया बालिकाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार बालिकाका बुवा घाइते भएका छन् ।

शनिबार राति ना ८ ख ३४५६ नम्बरको टिपरले बुवा छोरी सवार बी आर ०५ के ०९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहटको फतुवा विजयपुर नगरपालिका ८ बस्ने ७ वर्षीया बालिका आकृति यादवको मृत्यु भएको छ भने उनका बुवा ३६ वर्षका अजय यादव घाइते भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आदर्श कोतवाल गाउँपालिका ४ ईनर्वामालस्थित हुलाकी राजमार्गमा हरनैयाबाट कलैयातर्फ आउँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि टिपर पल्टिएको थियो ।

Sponsored

दुर्घटनामा परेर बालिकाको घटनास्थलमै ज्यान गएको मिश्रले बताए ।

दुर्घटनामा घाइते भएका यादवको कलैया अस्पतालमा उपचार भइरहेको तथा टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । बालिकाको शव परीक्षणको लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *