TodayPati

हात छाडेर तिव्रगतिमा मोटरसाइकल कुदाउँदा एक किशोरको मृत्यु, अर्का गम्भीर घाइते

टुडेपाटी-
सप्तरी, चैत ९ गते ।

सप्तरीमा हात छाडेर तिब्र गतीमा मोटरसाइकल कुदाउदा दुर्घटना भएर एक किशोरको ज्यान गएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

ज्यान जानेमा मोटरर्साइकल चालक सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ का १५ वर्षीय विवेककुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

Sponsored

राजविराजबाट हनुमानर नगरतर्फ तिव्रगतिमा जाँदै गरेको अन टेस्ट मोटरसाईकल राजविराज नगरपालिका –१५ खाँडो पुल नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मण्डल र पछाडि सवार हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका १५ वर्षीय कौशल मण्डल घाइते भएका थिए ।

घाइते दुबै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएकोमा विवेकको मृत्यु भएको र कौशल घाइते रहेको प्रहरीले जनाएको छ ।

Sponsored

टाउको र छातिमा चोट लागेर घाइते भएका कौशलको अवस्था समेत गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *