TodayPati

माओवादी केन्द्रले जनकपुरमा मनायो जनयुद्धका सहिद अजवलाल यादवको १९ औं स्मृति दिवस

टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।

नेकपा माअोवादी केन्द्र धनुषाले दस वर्षे जनयुद्धका सहिद अजवलाल यादवको १९ औं स्मृति दिवस मनाएको छ ।

जनकपुरधाम स्थित जिल्ला पार्टी कार्यालयमा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज श्रवण यादव बरबरियाको अध्यक्षता तथा स्थानीय सदस्य मातृकाप्रसाद यावको प्रमुख आतिथ्यमा श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

Sponsored

वि.स. २०२३ साल चैत २१ गते धनुषाको धनुषाधाम ७ मा वुवा सहिद चन्द्रदीप यादव र आमा रामपरीदेवी यादवको माहिलो छोराको रुपमा जन्मिएका अजवलालले दश वर्षे जनयुद्धमा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

जनयुद्धमा धनुषा ,सिरहा र सप्तरी जिल्ल ईन्चार्जको जिम्मेवारी सम्हालेका यादवको २०५८ साल चैत ९ गते सप्तरीको रायपुरबाट तत्कालीन साहीसेनाले अपहरण गरी राज्यपक्षले हत्या गरेको थियो ।

श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै माअोवादी नेता पूर्व मन्त्री मातृका प्रसाद यादवले माओवादीले कुनै विकल्प तयार पारेर मात्र केपी शर्मा ओली सरकारको समर्थन फिर्ता लिने बताएका छन् ।

Sponsored

नेता यादवले प्रधानमन्त्री ओलीको विकल्पमा गठबन्धन तयार हुने बताए ।
‘संभावना छ ओलिको विकल्पको गठबन्धन तयार हुन्छ । विकल्प तयारी भए लगतै माओवादीले सरकालाई दिएको विश्वासको मत फिर्ता लिन्छ’, नेता यादवले भने ‘तर गठबन्धनको सबभन्दा ठूलो बाधक जसपाकै एकगुट राजेन्द्र महतो गुट भएका छन् ।’

जसपालाई प्रतिगमनको विरुद्धमा मोर्चा बनाउन तल्लोस्तरबाट दबाब सृजना गर्नेे वातावरण बनाउनु पर्नेमा यादवको जोड छ ।

राजेन्द्र महतोलाई एक बैठकमा प्रधानमन्त्री ओलीले महतोलाई आफुले जिताइदिएको र फेरि पनि जित्नु छ भने संगै जाउँ भनेकाले उनी ओलीसंग जान चाहेको नेता यादवले खुलासा गरे ।

अर्को प्रसंगमा नेता यादवले सर्वोच्च अदालतले सेटिंगमै फैसला गरेर पुूर्व नेकपा एमाले र माओवादी केन्द्र व्युत्याएको आरोप लगाए । ‘सर्वोच्च अदालतले जनदबाबकै कारण प्रतिनिधिसभा पुनस्थापना गर्न बाध्य भयो । राम्रो संदेश पनि गयो । तर पार्टी सम्बन्धी विवादमा सेटिंगमै पार्टी पार्टीलाई पुरानै अवस्थामा फर्काउने फैसला गर्यो ’ नेता यादवले भने ।

यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामचन्द्र झाले पहिलेदेखि नै ओलीको चरित्र ठीक नभएको आरोप लगाए । ओलिलाई कहिल्यै पार्टीको चिन्ता नभएपनि माधव नेपाल, झलनाथ खनालले प्राथमिकता दिएकै कारण कम्युनिष्टलाई यस्तो दुरावस्था भोग्नु परेको नेता झाको भनाइ छ ।

कार्यक्रमलाई एमाले माधव पक्षका केन्द्रिय सदस्य समेत रहेको प्रदेश २ संसदीय दलका नेता सत्रुधन महतो, एमाले केन्द्रिय सदस्य रत्नेश्वरलाल गोइत, माओवादी केन्द्रिय सदस्य वोधमाया यादव, सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया लगायतले सम्बोधन गरेका छन् । यस्तै कार्यक्रममा स्वागत मन्तव्य माओवादी केन्द्रका जिल्ला नेता झल्कु यादवले गरेका थिए भने उदघोषण नेता दीपक यादवले गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *