TodayPati

मिथिला विहारी नगरपालिकामा गणकका लागि लिखितमै फेल भएका आवेदक अन्तरवार्तामा उतीर्ण

जनकपुरधाम, चैत १० गते ।

धनुषाको मिथिलाबिहारी नगरपालिकाले गणकको लागि मांग गरिएको आवेदनमा अन्तवार्ताका लागि छनौट नै नभएका व्यक्तिलाई उतीर्ण गरेको रहस्य खुलेको छ ।

नगरपालिकामा करार सेवाको गणक पदका लागि आवेदन अन्तवार्ताका छनौट नै नभएका उम्मेदवार उत्तिर्ण भएपछि सम्बन्धित निकायमा निवेदन दिएपनि कुनै पहल नगरी मौन बसेको आरोप लगाइएको छ ।

Sponsored

प्राप्त जानकारी अनुसार गणक पदका लागि आवेदन दिएका मध्ये ७ जनालाई मात्र प्रयोगात्मक तथा अन्तवार्ताका लागि छनौट गरियो तर रिजल्ट प्रकाशन गर्दा अन्तरवार्ता नै नदिएका प्रतिमा मण्डलको नाम प्रकाशन गर्दा विवाद उत्पन्न भएको छ ।

सो नगरपालिकाले गएको पुस १० गते करार सेवामा गणक पदका लागि १५ दिने आवेदन दिन भनी मांग सहितको सूचना प्रकाशन गरेको थियो । सो सूचनाका आधारमा आवेदन दिएकाहरु मध्येको माघ २३ गते अन्तवार्ताका लागि ७ जनाको नाम प्रकाशन गरियो ।

अन्तवारर्ताको एक सातापछि ८ जनालाई उत्तिर्ण भएको नामावली प्रकाशन गरियो । जसमध्ये ५ जना जागिरका लागि सिफारिस र ३ जनालाई वैकल्पिक उम्मेदवारको नाम प्रकाशन गरेको थियो ।

Sponsored

अन्तरवार्ताका लागि मिथिला बिहारी नगरपालिका ३ का संजीव कुमार मण्डल, वडा नम्बर ८ का सोचिता यादव, वडा नम्बर ६ की पूनमकुमारी यादव, सत्यम कुमार झा, वडा नम्बर ३ का कुमारी रुपम कान्ता, जनकपुरधाम उपमहानगरपालिका १९ की पूनमकुमारी यादव र मुखियापटी मुसहरनिया गाउँपालिकाकी विणा झाको नाम प्रकाशन गरिएको थियो । अन्तवार्ता पनि सोही अनुसार लिइयो ।

तर रिजल्ट प्रकाशन गर्दा मिथिला बिहारीकी पुनम कुमारी यादव, जनकपुरधामकी पुनमकुमारी, सोचिता यादव, विणा झा र अन्तवार्ता नै नदिएकी प्रतिमा मण्डल सहित ५ जनाको नाम सिफारिस उम्मेदवारका लागि नामावली प्रकाशन गरियो । अन्तवार्ता नै नदिएका प्रतिमा मण्डललाई आर्थिक लेनदेन र राजनीतिक आस्थाका आधारमा प्रशासकीय अधिकृत विरेन्द्रलाल कर्ण र मेयर अनिल यादवले उम्मेदवारलाई उत्तिर्ण गरेको आरोप उनले लगाएका छन ।

झाले भने नगरपालिकाले गलती विरुद्ध आफूले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा निवेदन दर्ता गराएपनि तिनीहरु मौन बसी हालसम्म पहल गरेको छैन । झाले भने निवेदन दिएको बेला प्रमुख जिल्ला अधिकारीले घटना बारे अनुसन्धान गर्छौ तर अहिले आएर स्थानीय प्रमुख आफूभन्दा माथि रहेको केही गर्न नसक्ने भनी अख्तियारमा जान भनी बेवास्ता गर्दै आएको छ ।

जिल्ला समन्वय समिति र अख्तियारको बर्दिबास कार्यालय समेतले नगरपालिकाका जनप्रतिनिधिसँग मिलोमतो हालसम्म कुनै पहल नगरेको आरोप लगाए ।

नगरपालिकाले आवेदनको मांग, अन्तरवार्ता र सिफारिस भएका उम्मेदवार बारे सूचना आफ्नो अधिकारिक बेवसाइटमा सार्वजनिक नगरी सामाजिक सञ्जाल फेसबूकको आफ्नो पेजमा राखेका थिए । तर विवाद उत्पन्न भएपछि नगरपालिकाले त्यसलाई सच्याएर अन्तरवार्ता नामावलीमा प्रतिमाको नाम थप गरी ८ जना बनाएका छन ।

घटना बारे नगरपालिकाका प्रशासकीय अधिकृत विरेन्द्र लाल कर्णले भने प्राविधिक त्रुटिले गर्दा ७ जनाको नाम मात्रै प्रकाशन गयो । आफूलाई थाहा भएपछि तुरुन्त सच्याएर ८ जना गरेका छौं ।
उनले भने आरोप लगाउने व्यक्ति जिल्ला प्रशासन कार्यालय, जिसस र अख्तियार समेत पुगेका छन । सम्बन्धित निकायबाट अनुसन्धान भएपछि नगरपालिकाबाट स्पष्टीकरण सहित जवाफ पठाइसकेका छौं । नगरपालिकाको गलती ठहरेमा आफू कारवाही भोग्न तयार छु ।

नगरपालिकाको सूचना वेभसाइटमा प्रकाशन नगरी सामाजिक सञ्जालमा प्रकाशन गर्नुको कारण के भन्ने प्रसंगमा अधिकृत कर्णले भने आईटी अफिसर आभावले गर्दा वेभसाइटमा अपडेट नगरी सामाजिक सञ्जालमा गर्नु परेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *