TodayPati

महोत्तरीमा थुपारिएको माटोभित्र मानवको खप्पर भेटियो, बेपत्ता झा दम्पतीको हुन सक्ने आशंका

रञ्जन भण्डारी-
महोत्तरी, चैत १२ गते ।

महोत्तरीको पिपरा गाउँपालिका– २ अत्तरा जाने बाटोमा थुपारिएको माटोभित्र एक मानवको खप्पर फेला परेको छ । सोही ठाउँमा हड्डी मात्र भएको हात र थोरै कपाल पनि भेटिएको छ ।

हड्डी र खप्परको प्रकृति हेर्दा मृत भएको धेरै समय नभएको प्रहरीले आशंका गरेको छ ।

Sponsored

केही समयअघि सोही गाउँका दुई दम्पती बेपत्ता भएका थिए । प्रहरीले त्यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको थियो ।

खप्पर भेटिएको घटनास्थलमा अहिले प्रदेशबाट सिआइडीको टोली र एसएसपी मोसाउद अलिखाँडको टोली पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको छ ।

उक्त शव गएको फागुन ११ गते रातिदेखि बेपत्ता पीपरा गाउँपालिका ५ सहोडबाका झा दम्पतिको हुन सक्ने आशंका गरिएको छ ।

Sponsored

स्थानीय ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी ओछ्यानसहित बेपत्ता भएको एकमहिना बित्दा समेत फेला पर्न सकेको छैन ।

प्रहरीले व्यापक खोजविन गर्दा समेत झा दम्पतिको अवस्था अझैसम्म अज्ञात रहेको छ । घटनाको दुईदिनपछि एक पोखरीमा दम्पतीले प्रयोग गर्ने झुल फेला परेको थियो भने घर अगाडीको सडकमा रगतको दाग देखिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *