TodayPati

जनकपुरमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीहरु तलब, भत्ता माग गर्दै आन्दोलनमा

टुडेपाटी-
जनकपुुरधाम, चैत १२ गते ।

जनकपुरधामस्थित कोरोना विशेष अस्पताल र प्रदेश २ का जिल्ला कोरोना अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरु तलब, भत्ताको माग गर्दै आन्दोलित भएका छन् । कोरोना महामारीमा ज्यान जोखिमा राखेर करारमा खटिएका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

कोरोना संक्रमितको उपचारमा खटिएका करार सेवाका कर्मचारीहरु बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि २ घण्टा धर्नामा बसेमा छन् ।

संक्रमितको उपचारमा गत जेठ महिनादेखि नै काम गर्दै आएका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीलगायतका कर्मचारीलाई अहिलेसम्म तलब भत्ता दिइएको छैन ।

Sponsored

विगत ५ महिनाको भत्ता र १ महिनाको तलब यथाशीघ्र उपलब्ध गराउनु पर्ने माग गर्दै आफूहरु आन्दोलनमा उत्रिएको आन्दोलनरत ल्याब असिस्टेन्ट सुशील यादवले बताए ।

तलब, भत्ता भुक्तानी नै नगरी आफूहरुलाई पुष ५ गतेदेखि काममा आउन रोक लगाइएको उनको भनाइ छ । बक्यौता रकम माग्दा कुनै सुनुवाई नगरिएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरु बताउँछन् ।

स्वास्थ्यकर्मी तथा चिकित्सकले तलब भुक्तानी गर्नुपर्ने, जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, नयाँ दरबन्दी सिर्जना गर्नुपर्ने, आफूहरुको जागिर सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेका छन् ।

Sponsored

बारहबिघा मैदानबाट सुरु गरिएको विरोध प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो । तलब, भत्ताको माग गर्दै उनीहरले मुख्यमन्त्री लालबाबु राउतलाई तीन पटक ज्ञापनपत्र समेत बुझाएका थिए ।

कोरोना विशेष अस्पतालमा खटेका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीसहित करिव ४ सय जना करार सेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *