TodayPati

जनकपुर युथ क्लबको नयाँ कार्यसमितिका पदाधिकारीले लिए सपथ

टुडेपाटी-
जनकपुरधाम, वैशाख ११ गते ।

जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलस्थित रहेको जनकपुर युथ क्लबको नयाँ कार्यसमितिका पदाधिकारीले पदभार तथा सपथ ग्रहण गरेका छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमण जोखिमलाई मध्यनजर गर्दै सामान्य रूपमा कार्यक्रम गरि क्लबका पदाधिकारीहरुले शनिबार सपथ लिएका हुन् ।

Sponsored

रोहितप्रसाद ठाकुरको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिका पदाधिकारीहरूले सपथ लिएका छन् ।

नवगठित समितिको अध्यक्षमा रोहितप्रसाद ठाकुर, उपाध्यक्षमा संजय मण्डल र गोपिन्द्र मिश्र, महासचिवमा शरदकुमार झा, सचिवमा रामईश्वर शर्मा र कोषाध्यक्षमा राजकिशोर ठाकुर छन् ।

यस्तै सदस्यहरूमा सुनिलकुमार तिवारी, सुजिकुमार तिवारी, तुलसी साह, छविरञ्जन ठाकुर, सुधाकुमारी मिश्र, ममता पाठक, व्युटी चौधरी रहेका छन् ।

Sponsored

यस्तै क्लबका सल्लाहकारहरुमा कुलानन्द झा,
विरेन्द्र ठाकुर, नविन झा, भुपनारायण पाठक, दिनानाथ मिश्र, ललनकुमार झा , अमरेन्द्र झा रहेको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *